दुर्घटनामा दुई महिलाको मृत्यु

0
Shares

काठमाडौं । पोखरा र वीरगञ्जमा सवारी दुर्घटनामा दुई महिलाको ज्यान गएको छ । पोखरामा ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ ।

पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग १ त ३१५७ नम्बरको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ ।

यस्तै, वीरगञ्जको घण्टा घरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना.१क ७७६७ नम्बरको बसले ना२३प ७९७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीया कुञ्जन चौधरीकाे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।