रहस्यमय मृत्यु भएकी १९ बर्षीय स्वस्तिका लिम्बूको अनुसन्धान नगर्न नेकपा सांसद्को धम्की

0
Shares

बाँके । नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बूको रहस्यमय तरिकाले हत्या भएको छ । ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले हत्या भएको हो । श्रीमान मुकेश र स्वस्तिमा नेपालगंजको भृकुटि चोकको एक घरमा केही समय अघिबाट बस्दै आएका थिए ।

तर आईतबार दिउँसो उनिहरु बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा स्वस्तिकाकाे शव भेटिएको थियो । त्यसपछि घरवालाहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको थियो ।

मृतक स्वस्तिमाको शरिरमा निल चोटकासाथै अस्वभाविक सुन्निएकाले उनको हत्या नै भएको हुनसक्ने अनुमान गरेका छन् । उता स्वस्तिकाको माइती पक्षले भने अाशिशले नै हत्या गरेको आरोप लागएका छन् । मृतक स्वस्तिकाले दिउँसो १२ बजे तिर नयाँ बर्ष मनाउन घर माईत आउने भनेर फोन गरेकी थिईन् ।

तर उनको श्रीमानले उनलाई माइत जान नदिएको माइती पक्षलाई खबर गरेकी थिईन् । त्यसको केही समयमै स्वस्तिकाको मोबाईलमा फोन नलागेकोले उनको हत्या भएको माइती पक्षको आरोप छ । आशिशले भने स्वस्तिमाले आमाहत्या गरेको बताउदै आएका छन् ।

घटना १ गतेको भएपनि २ दिन सम्म आफुहरुलाई खबर नगरेको र तेस्रो ब्यक्तिबाट उनको मृत्यु भएको खबर सुनेकोले आशिशले नै हत्या गरेको माइती पक्षको दावी छ । स्वस्तिकाको हत्या भएको हो या आत्महत्या भन्नेबारे अनुसन्धानकै क्रममा रहेको बाँकेका जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिएका छन् ।

मृतक स्वस्तिकाका माईतीपक्षधरले श्रीमान् आशिशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी उपरीक्षक पौडेलको भनाई छ । उनलाइ पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको पनि उपरीक्षक पौडेलले बताए ।

श्रीमान आशिश विगतका समयमा लागुऔशमा संलग्न रहेको र स्वस्तिमालाई प्रायजसो कुपपिट गरिरहने गरेको स्थानीयहरुको भनाई छ । आशिश नेकपा सांसद् नन्दलाल रोकायाका नाति हुन् ।