यो हप्ताभरि हावाहुरी र चट्याङ्ग, मौसम विभागले तालिका निकाल्यो

0
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ ।  

महाशाखाले बुधबार  जारी गरेको सुचनाअनुसार पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको छ । 

यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको उल्लेख छ । विभागले सरकारले हावाहुरीबाट सतर्क रहन समेत अपिल गरेको छ।