सिलिन्डर लिक भएर आगलागी

0
Shares

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिकामा सिलिन्डर लिक भएर आगलागी भएको छ ।

मंगलबार दिउँसो थाक्रे गाउँपालिका–५, दामेचौरका स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएरआगलागी हुदा करिब साढे ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

आगलागी हुँदा तामाङको घरमा रहेको खाद्य स्टोर र कस्मेटिक पसलका सामान जलेका छन् भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।