पूर्वी सीमानाका तीन दिन बन्द

0
Shares

भद्रपुर, (नेस) नेपाल भारत सिमाको पुर्वी नाका तीनदिन बन्द रहने भएको छ । भारतको सिमावर्ती क्षेत्रमा लोकसेवा निर्वाचनको मतदान हुने भएकोले ४८ घण्टा अघि नेपाल भारत सिमाना बन्द गरिने भएको हो ।

अप्रिल १८ तारिक अर्थात बैशाख ५ गते भारतको पश्चीम बंगाल स्थीत नेपालसंग सिमाना जोडिएका पानीटेंकी, नक्सलबारी क्षेत्रमा लोकसेवा सदस्य निर्वाचनको मतदान हुने भएकाले निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर भारतले तीनदिन बन्द गरेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले जानकारी दिनु भयो । भारतिय पक्षले मङ्गलबार बेलुका ६ बजेदेखी बिहीबार बेलुका ६ बजेसम्मका लागि सिमा नाका बन्द गर्ने मौखिक जानकारी गराईसकेको र पत्र आउने प्रक्रियामा रहेको डिएसपी थापाले बताउनु भयो ।

सिमा नाका बन्द भएको अवस्थामा कुनै पनि सवारी साधन र मानिस आवत–जावत गर्न नपाईने उहाको भनाइ छ । नेपाल वा भारतमा निर्वाचनका बेला मतदानको दिन भन्दा ४८ घण्टा अगाडी बिगत देखी नै सिमा नाका बन्द गरिदैं आएको सुरक्षा निकायले जनाएको छ ।