७७ वटै जिल्लामा कांग्रेसले राष्ट्रिय जागरण अभियान गर्ने

0
Shares

वासुदेव शर्मा, जाजरकोट
नेपाली काग्रेस जाजरकोटले ७ वटै स्थानीय तहका अगुवा कार्यकर्ताहरुको भेला आयोजना गरी जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

नेपाली काग्रेसका केन्द्रिय महामन्त्री एवं पूर्व गृह मन्त्री पूर्ण वहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा नेकपा र नयाँ शक्ति पार्टीका नेता तथा कार्यक्रताले नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली काग्रेसमा प्रवेश गर्नेहरुमा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य नलसिहगाड जलविद्युत आयोजनाका पुर्व अध्यक्ष लामो समय सम्म नेकपाको राजनिति लाग्नु भएका शेर वहादुर शाही,नेकपाबाट जनक बहादुर शाह, जित बहादुर शाह ,चन्द्र प्रकास अधिकारी अम्मर दमाई लगाएत एक दर्जन नेता कार्यकर्ताहरुले नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

नेकपाको दुई तिहाई बहुमत सरकारले जनताको जनभावना अनुसार काम गर्न नसकेकोले जनताको लोकतान्त्रिक अधिकार भएको जनताको पार्टी नेपाली काग्रेस भएकोले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गर्नु भएको हो । नवप्रवेशीहरुलाई नेपाली काग्रेसका महामन्त्री एमव पुर्व गृहमन्त्री पुर्ण बहादुर खडकाले खादा लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।

उक्त भेलालाई सम्वोधन गर्दै नेपाली काग्रेसका महामन्त्री एवम पुर्व गृहमन्त्री पुर्ण वहादुर खडकाले काग्रेसले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधिहरु खटाइ पौष महिना सम्म गाउँ जागरण अभियान शुरु गर्ने भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेता खडकाले जनताले काग्रेस पार्टी नछोडेको कुडिएको मात्र भएकोले जातिय मुद्धा लगाएत जनता प्रतिको अविश्वास र निरासालाई चिर्दै नेताहरुको जिवन शैली व्यवहार सत्याउन आग्रह गर्नु भयो । नेपाली जनता सुध्रियका छन नेता सुध्रिनु पर्ने वेला आएकोले जनतालाई विश्वास दिलाउन सवैलाई आग्रह गर्नु भयो ।

तेस्रो पटक जाजरकोट पुगेका नेता खडकाले छिन्चु जाजरकोट सडक ल्याउने केन्द्रिय विद्युत ल्याउने कुरामा महत्वपुर्ण भुमीका निर्वाह गरेको वताउनु भयो । उहाँले २०३६ साल देखि राजनितिमा आए देखि गाउँ गएको समयमा जनताको घरमा खाएर वसेको ठुलो ठुलो होटलमा कहिल्यै पनि नवसेको बताउनु भयो । जनताको सेवक भएकोले जनताले जुन चिज खान्छन त्यहि खान सिक्नु पर्ने वताउनु भयो ।