बँदेलको आक्रमणबाट सात घाइते

0
Shares

 

सर्लाही, (नेस)
जंगली बदेलको आक्रमण बाट सर्लाहीको चक्रघट्टा गाउपालिका ७ मा सात जना घाइते भएका छन। खेतबारीमा काम गरिरहेका बेला उखु बारीबाट निस्केको जंगली बदेलले आक्रमण गर्दा स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी, ७ वर्षका मनिष सहनी र ८ नम्बर वडाका रामनरेश राय घाइते भएका हुन।

बँदेलको आक्रमणबाट घाइते भएकाहरू सोमबार जिल्ला अस्पताल मलंगवा उपचार गरि घर फर्किएका छन। बदेलले उहाहरुलाइ शरीरको विभिन्न ठाउँमा टोकेको छ ।सर्लाहीमा पछिल्लो समय जंगली बदेलले खेतीपाती नष्ट पार्न थालेपछि किसान हैरान भएका छन। जंगलबाट आहारको खोजी गर्दै बारीमा पुगेको बँदेल पनः जंगल नफर्किने गरेपछि किसान जंगली बदेलबाट पीडित भएका छन ।

त्यसैगरी केही दिन अघि जंगली बदेललाई मार्न थापेको बिधुतिय धरापमा परी धनकौलमा एक जनाको मृत्यु भएको छ। अहिले बँदेल धपाउन स्थानीय रातभरि जाग्रराम बस्ने गरेका छन ।