जनप्रतिनीधिको एक महिनाको पारिश्रमिक असिनापीडितलाई

0
Shares

हिक्मत नेपाली, दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिकामा गत चैत्र २२ गते शुक्रवार पानीसँगै परेको असिनाले हिउँदे बाली नष्ट पा¥यो । यहाँका कृषकहरुले लगाएको अन्नबाली नष्ट पारेपछि असिना पीडित किसानहरुलाई ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधीले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।

कृषकहरुको पीडालाई मध्यनजर गर्दै गाउँपालिकाका जनप्रतिनीधिहरुले राहत स्वरुप एक महिनाको पारिश्रमिक कृषकहरुलाई दिने भएका हुन् ।
जनप्रतिनिधि सहितको टोलीले क्षति पु¥याएको अन्नवालीको अनुगमन तथा क्षति विवरण संकलन गरेसंगै यहाँका जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक दिने प्रतिवद्धता जनाएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताउनुभयो । ‘कृषकहरुलाई परेको पिडालाई कम गर्न थोरै भएपनि राहत हुने भन्दै हामिले एक महिनाको परिश्रमिक दिने प्रतिवद्धता जनाएका छौ’ अध्यक्ष शाहीले भन्नुभयो, ‘अन्य निकायसँग पनि राहतको विषयमा समन्वय गरिरहेका छौ, हालै कर्णाली प्रदेश सरकारले पनि राहत दिने निर्णय गरेको छ ।’

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ६ वटै वडाका अध्यक्ष, छ जना कार्यपालिका सदस्यहरु र १८ जना गाउँसभाका सदस्यहरुले एक महिनाको पारिश्रमिक असिना पीडितलाई गाउँपालिकाले जनाएको छ । यस्तै गाउँसभा सदस्य तथा वडा नं. ६ का वडा सदस्य लोकबहादुर थापाले आफ्नो पाँच महिनाको पारिश्रमिक असिना पिडितलाई दिने प्रतिवद्धता जनाएको गाउँपालिकाका उपाध्यक्ष सुस्मीता सिंहले बताउनुभयो । उपाध्यक्ष सिंहका अनुसार राहतका लागि दिइने भनिएको सवै जनप्रतिनिधिहरुको पारिश्रमिक ३ लाख ४४ हजार ५ सय हुन आउँछ ।

गाउँपालिकाका कार्यरत कर्मचारी पदमबहादुर बलमे यो वर्ष आफुले पाउने पोषाक भत्ता वापतको १० हजार रुपैँया असिनापिडित किसानका लागी उपलव्ध गराउने बताउनुभयो । असिना पानी सहित आएको हावाहुरी पीडित किसानहरुलाई राहत उपलब्ध गराउन हरप्रयास गरेको प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले बताउनुभयो ।

पाक्नै लागेको गहुँबाली नष्ट भएपछि राहत उपलव्ध गराउन प्रदेश तथा संघिय सरकारलाई अनुरोध गरेको उहाँको भनाई छ । यसैविच ठाटीकाँध गाउँपालिकाको गाउँसभाले विभिन्न विद्येयकहरु पनि पारित गरेको छ । गाउँपालिकाको चौथो गाउँसभाले विनियोजन विधेयकलाई संसोधन गरी पुरक बजेट ल्याएको छ । पुरक वजेटमा असिना पीडित किसानहरुका लागी विषेश कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही बताउनुभयो ।