हत्या अभियुक्त १२ वर्षपछि पक्राउ

0
Shares

बारा, (नेस)
तत्कालीन माओवादी कार्यकर्ताको हत्याका ४ अभियुक्त १२ बर्षपछि बारामा पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका तत्कालीन माओवादी कार्यकर्ता बिल्टु भन्ने आशमहम्मद मिया“को हत्या गरेको अभियोग लागेका नवल राय यादव, ह«दय साह तेली, वीरेन्द्र ठाकुर लोहार र लक्ष्मण पंडित कुम्हाल सोमबार पक्राउ परेका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखिएको प्रहरी निरिक्षक खगेन्द्र धमलाले बताए । सबै जना बिल्टुका गाउ“ले छिमेकी हुन् ।

उनीहरुको मुद्दा मुल्तबीमा रहेकोले सिधैं अदालतमा पेश गरिने प्रहरी निरिक्षक धमलाले बताए । ‘अदालतमा बयानपछि आदेश हुन्छ,’ उनले भने, ‘घटनाका अन्य फरारहरुको खोजतलास भइरहेको छ ।’ जिल्ला अदालतले म्रंगलबार बयान लिने प्रहरीले जानकारी दिएको छ ।

शौच गर्न गएकी महिलालाई बलात्कार प्रयास आरोपमा २०६३ भदौ २२ मा गाउ“लेको समुहले कुटपिट गर्दा बिल्टुको मृत्यु भएको थियो । बिल्टुकी पत्नी सकिना खातुनले न्यालयबाट न्याय पाउने आशा रहेको बताइन् । घटनाका १३ जना अभियुक्त अझै फरार रहेको उनले बताइन् ।

घटनापछि २२ जनामाथि हत्या मुद्दा चलाइएको थियो । ती मध्ये हत्या अभियोग लागेका साविक देवापुर गाविसका पुर्वअध्यक्ष महाबीरसाह कानु, उनका छोराहरु जोधी, दिनानाथ, जयकरण र अर्का विनोद पंडित कुम्हाललाई जिल्ला अदालतले दोषी ठहर गर्दै २० बर्षको सजाय तोकेको थियो । पछि जनकपुर उच्च अदालतको अस्थायी इजलाश वीरगन्जबाट चारै जना बाबुछोरा र अर्का विनोदले सफाइ पाइसकेका छन् । सजायअनुसार उनीहरु केही महिना जेल बसेर उच्च अदालतको निर्णय पछि सफाइ पाएका हुन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालतले उल्टाएको थियो ।