हुरीले टेन्ट डाएपछि पीडितको बिचल्ली

0
Shares

गोकुल घोरसाइने, बारा
मंगलवार सा“झ आएको असिनापानीस“गैको हुरीले फेटा गाउ“पालिकाका कतिपय हुरीपीडितहरुको टेन्ट उडाएको छ । फेटा गाउ“पालिका, वडा नं १, भलुही भरबलीया, वडा ६ को पुरैनिया र वडा नम्बर ३ को गछीया टोलमा दाताले दिएको दर्जन भन्दा बढी टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मिया“ले बताउनु भएको छ ।

‘हुरी र पानीले बसिनसम्नु बनाएको छ,’ उहाले बताउनु भयो । ‘मुसलधारे पानीले कतिको टेन्टमा पानी पसेको छ भने हुरीले कतिपयको टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।’ वडा १ का वडाध्यक्ष जयप्रकाश दासले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा गुजारा गर्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि अवस्था झनै बिजोग भएका उहाले बनाउनु भयो ।

टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई विच्चली भएको छ । दुई साताअघि आएको टोर्नेडोले घरविहिन बनाएपछि फेटा लगायत बाराका सयौं पिडितहरु टेन्टमा आश्रय लिएर बस्दै आएका थिए । गत चैत १७ मा आएको शक्तिशाली चक्रवातपछि यस क्षेत्रमा पटकपटक हावाहुरी र असिनापानी पर्दै आएको छ । टेन्टमा कोचिएर बस्दै आएका हुरीपीडितहरुले आफूहरु घर न घाटको भएको बताएका छन् । दुई सातको अवधिमा हुरी प्रभावित क्षेत्रमा ३ पटक हावाहुरी र पानी परेको छ ।

खाना पकाउने र खाने बेलामै हुरीस“गै असिनापानीले खानपिनमै समस्या भएको दुःख उनीहरुले सुनाए । दिउ“सो टेन्टमा चर्को घामले बस्न नसकिने र राती आउने हुरीले उडाइदिने गरेपछि दिनचर्या कहालीलाग्दो बनेको फेटा–६, पुरैनियाका हुरी पीडित रेक्मा खातुनले बताउनुभयो । ‘कहा“ जाने कसरी जोगिने सोच्नै सकिएन ।’ उहाले बताउनु भयो । मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाहीमासमेत हावाहुरीस“गै मेघ गर्जनकासाथ पटकपटक असिनापानी परेकोले गहु“ र दलहन भित्रयाउन समेत किसानहरुलाई समस्या भएको छ ।