पुल बनेपछि बाँफीका स्थानीयलाई सहज

0
Shares

विमल विष्ट, डोटी
जिल्लाको शिखरनगरपालिका १ गेरुपानीमा नयाँ झोलुङ्खे पुल निर्माण भएपछि यहाँको दिपायल सिलगढी नगरपालिका ३ बाँफि गाउँका सयौँ स्थानियका दुःखका दिन हटेका छन् । बिगतको समयमा पुल नहुँदा दैनिक आफनो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका स्थानियहरु पुलबनेपछि निकै खुसि भएकाछन् ।

उक्त गाउँमा जानकालागि गतवर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी समुह गाढको गेरुपानि नजिक केही दिन पहिले झोलुङ्खे फुल निर्माण गरिए पछि यहाँका स्थानियलाई घर जानकालागि निकै सहुलियत मिलेको छ । पुल बनेपछि ज्यान जोखिमबाट मुक्ति पाईएको आभाष भएको स्थानिय रामबहादुर साउले बताउनुभयो । उहाँले भन्नुभयो,“पुल नहुँदा सेतीनदीमा ज्यान जोखिममा राखेर यात्रा गर्नबाध्य थियौँ,कतिको त बगेर ज्यान गईसक्यो अब केही बग्ने छैनन् ।”

बिगतमा असार साउनको भेलामा अन्तै बाट यात्रा गरेपनि उक्त गाउका स्थानियहरु हिउँदे महिनामा सधैं ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका थिए । जिल्ला समन्वय समितिको पहलमा उक्त क्षेत्रमा झोलुङ्खे फुल निर्माण भएपछि अहिले बाँफी,कैलडा लगायतका गाउँका दजर्नौ स्थानियहरुलाई आवत जावतमा निकै सहयोग मिलेको छ । प्राय साँउदहरुको बढी जनसंख्या भएको ति गाउँमा करिब २०० घरधुरी रहेका छन् । उक्त गाउँका स्थानियहरुले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउको बजारमा आउनु पर्छ ।

उक्त बजारमा आउनका लागि स्थानिय महिला,केटाकेटी लगायतकाले टयुबको भरमा यात्रा गर्ने गरेका थिए । उक्त गाउँमा पुलको समस्या समाधान भएपनि अन्य पूर्वाधारको सहित खानेपानी, शिक्षा, स्वास्थ र यातायातको पहुँचबाट पनि निकै टाढा रहेको स्थानियबासीहरु बताउछन् । उता दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाँफी गाउका स्थानियलाई आवत जावतमा सहज होस भन्नका लागि पुल निर्माण गरिएको र अन्य बिकासका कामहरु क्रमिक रुपमा अगाडी बढाईने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नहुँदा समस्या थियो,पुल बनायौ बाँकी समस्याहरु धेरै छन्, क्रमिक रुपमा बिकास गर्दै जानेछौँ ।”

पुल निर्माण भएसँगै उक्त गाउँका किसानहरुले फलाएका तरकारी,दुध,दही लगायतका अन्य तिजबस्तुहरु बिक्रिकालागि यहाँका प्रमुख व्यापारी केन्द्रहरु पिपल्ला, कालागाढ, समुहगाढ, कुल्पाते, राजपुर लगायतका ठाउहरुमा पु¥याउन स्थानियलाई निकै सहज भएको कालागाढका व्यापारी रामसिंह कार्कीले बताउनुभयो ।

बजारमा आफुले फलाएका चिजहरु बिक्रि गर्नथालेपछि त्यहाँका किसानहरुको आय आर्जनमा पनि बिकास हुन थालेको बाँफी गाउँका स्थानिय तथा कानुन व्यवसायी कैलास साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रा शहज सँगै गाउँमा आयआर्जनमापनि बृद्धि हुनथालेको छ,यो सकारात्मक पक्ष हो ।”