नेकपाका जिल्ला सदस्य पक्राउ

0
Shares

खोटाङ, (नेस)
खोटाङमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य एबम् आर्थिक विभाग प्रमुख पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई सोमबार हलेसी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउनु अघि खत्रीले विभिन्न समयमा चन्दा आतंक मच्चाएको र हाल पनि त्यस्ता गतिविधिमा लुकिछिपी लागिरहेको विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।