‘सार्वजनिक सम्पत्ति दोहन हुनु दुर्भाग्य’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिका–३१ श्ांखमुल येँतापौ मार्गस्थित तयेँतापौ पाटीे परिसरमा येँतापौं गुथि संस्थाले बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ ।
नेपाली परम्परागत इँटा र काठको प्रयोग गरी निर्माण गर्न लागिएको सो भवनको नयाँ वर्षको सुरुवातसँगै शिलान्यास गरिएको छ ।

येँतापौं गुथि संस्थाका सचिव तीर्थलाल महर्जनका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको र यसका लागि आवश्यक पर्ने रकम काठमाडौं महानगरपालिका, ३१ नं वडा कार्यालय, पुरातत्व विभागका साथै चन्दा संकलन गरेर संकलन गरिनेछ ।

भवन शिलान्याश समारोहलाई सम्वोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो समयमा निजी स्वार्थको लागि सार्वजनिक सम्पत्तिको दोहन हुनु दुर्भाग्यपूर्ण कुरा भएको बताउनुभयो ।

सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्छ नत्र पाप लाग्छ भन्ने संस्कारमा आफुहरु हुर्केको उल्लेख गर्दै मन्त्री ज्ञवालीले पछिल्लो समयमा जसले जति सक्छ उति सार्वजनिक सम्पत्ति दोहन गर्नुपर्छ भन्ने व्यक्तिवादी चरित्र हावी भएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री एवं काठमाडौं १ नं क्षेत्रका सांसद प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण र सार्वजनिक जग्गाको अभावमा समुदाय, छरछिमेक, टोल, वडावासीले समस्या भोग्दै आएको उल्लेख गर्दै यस्ता पाटीपौवा समुदायको चाहना अनुसार उनीहरुको सामुहिक प्रयोगको लागि हुनुपर्ने बताउनुभयो ।

जनताले तिरेको करबाट नै जनताको लागि विकासका पुर्वाधार बन्नुपर्ने सिद्धान्तअनुरुप आपूmले सरकार र जनताको माध्यम बनेर जनचाहना अनुसार कामगर्दै आएको पनि उहाँले बताउनुभयो ।

सांसद राधेश्याम अधिकारी व्यक्तिवादी चरित्र हावी हुँदै गएको समयमा सामुहिकताको लागि बनाउन लागिएको भवनले सबैमा एकता कायमगर्न सफल हुने कुरामा जोड दिनुभयो । काठामाडौं महानगरको ३१ न्ां वडाध्यक्ष नारायणप्रसाद भण्डारीले सार्वजनिक जग्गाको संरक्षण गर्नु अहिलेको प्रमुख काम भएको उल्लेख गर्दै फेरी पनि भूकम्प आएमा काठमाडौंका जनताले टाउको लुकाउने ठाउँ पाउन मुस्किल हुने बताउनुभयो ।