मालपोत कार्यालय हुम्ला प्रमुखविहीन

0
Shares

अर्जुन बोहरा, हुम्ला
मालपोत कार्यलय हुम्लामा विगत ५ महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ । कर्मचारी समायोजन संगै हुम्लाको मालपोत बाट कार्यलय प्रमुख सरुवार भय लगतै अहिले सम्म कम्युटर अप्रेटर मिमसिह नेपालीको भरमा निमीत कार्यलय संचालन भईरहेृको छ ।

गएको चैत ५ गते मालपोत कार्यलय हुम्लाका कार्यालय प्रमुख डील वहादुर क्षेत्री समायोजन भएर काठमाण्डौ कलंकीमा सरुवा भएपछि रोकिएका हुन् । कामको लागि सेवागा्रही दैनिक कार्यलयमा आए पनि प्रमाणीत गने र हस्ताक्षर गर्ने कार्यालय प्रमुख हालसम्म नभएको कम्पुटर अपरेटर एवं निमित्त कार्यलय प्रमुख मिम सिंह नेपालीले बताउनुभयो ।

जग्गा पास, राजीनामा, दाखानामसारी, रजिष्टे«शन वकपत्र जस्ता जग्गाको काम रोकिएको छ । कार्यालयमा हाल कम्पुटर अपे्रटर नेपाली र ५जना कार्यालय सहयोगी मात्र रहेका छन् । जिल्लामा रहेका ७ वटा गाउँपालिकाका जनताले सदरमुकाम सिमकोटमा जग्गाको कारोबार गर्ने हुँदा हाल कामहरु रोकिएका छन् ।

नयाँ भवन निर्माणको लागि विद्यालयको नाममा जग्गा पास गर्न सदरमुकाम सिमकोट आएका हिमचुली निमावि अदानचुली ५का प्रधानाध्यापक पृथ्वी शाहीले आफू एक हप्तासम्म सदरमुकाम बसे पनि काम नभएको गुनासो गर्नुभयो । चार दिन पैदल हिँडेर पनि जग्गा पास नभएर फर्कनु परेको उहाँको भनाइ थियो । कर्मचारी सामायोजन हुँदा भएका कर्मचारी सहरतिर लागेपछि दुर्गम हिमाली जिल्लामा कर्मचारी आउन मानिरहेका छैन्न् ।

जिल्लाको सदरमुकाम सिमकोटमा जग्गासम्बन्धी काम गर्न तीन चार दिन हिँडेर आए पनि प्रमुख नहुँदा अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् । उता कार्यलयमा कार्यलय प्रमुख किन नियमित भएनन भन्ने बारेमा पत्रकारल् सोधिएको प्रश्नमा प्रमुख जिल्ला अधिकारी धोलक राज ढँकाल भने छिटै कार्यलय प्रमुख आउने पहल भईरहेको बताए ।