सुष्मा र मिनुलाई स्वर्ण

0
Shares

कविरस शर्मा/कुमार श्रेष्ठ, बाँके
बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन् । सोही तौल समूहमा नेपाल प्रहरीकी दिवाना शेर्मा र प्रदेश १ की प्रतिभा श्रेष्ठले कांस्य पदक हात पारे ।

यस्तै महिला ५४ केजीको फाइनलमा मिनुले पनि प्रहरीकी निशा तामाङलाई यूनानिमोस निर्णयको आधारमा हराउंदै स्वर्ण जितिन् । सोही तौलमा एपीएफकी सन्जुमाया थिङ र प्रदेश ३ की शिवानी श्रेष्ठले कांस्य जिते ।
पुरुषतर्फको ५६ केजीको फाइनलमा एपीएफका पूरन राईले स्वर्ण जिते ।

प्रदेश १ का सुरेन्द« राईले चोटको कारण वाकओभर दिएपछि पूरनले सहजै स्वर्ण हासिल गरे । सोही तौल समूहमा प्रदेश ७ का महेन्द« चन्द र आर्मीका पूरन सुनुवारले संयुक्त रुपमा कांस्य जिते । पुरुष ५२ केजीको फाइनलमा एपीएफका विक्रम परियारलाई अंकको आधारमा हराउंदै आर्मीका तेज बहादुर देउवाले स्वर्ण जिते । सोही तौल समूहमा एनआरएनका प्रदिप घिमिरे र पुलिसका चन्द«बहादुर थापाले कांस्य जिते । त्यसैगरी पुरुष ६४ केजीको सेमिफाइनलमा आर्मीका दान बहादुर दर्लामी र पुलिसका भूपेन्द« थापामगर फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६९ केजी तौल समूहमा एपीएफका विकास लामा र प्रदेश ३ का मनिष डंगोलले फाइनलमा भिडन्त पक्का गरे । यसैगरी ७५ केजी तौलको फाइनलमा आर्मीका दिपक श्रेष्ठ र प्रदेश ३ का दिवसलाल भुमी फाईनल प्रवेश गरेका छन् । पुरुष ८१ केजी तौल समूहमा आर्मीका गणेश प्रधान र प्रदेश ६ का मनोहर बस्नेत फाईनल प्रवेश गर्न सफल भए । पुरुष ९१ केजीमा एपीएफका गोकुल गुरुङ र आर्मीका अर्जुन सिगु फाईनल प्रवेश गरेका छन् ।

यसैगरी महिला ५७ केजीको फाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा र प्रदेश १ की दिया लिम्बूले भिडन्त पक्का गरिन् । मंगलबार भएको सेमिफाइनलमा चन्द«कलाले एपीएफकी माया चौधरीलाई अंकको आधारमा हराउंदा दियाले पनि प्रदेश ७ की भावना ऐरीलाई अंककै आधारमा पराजित गरिन् ।

यसैगरी महिला ६० केजी तौलको सेमिफाइनलमा जित हासिल गर्दै एपीएफकी संगीता सुनुवार र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्वर्णका लागि भेट पक्का गरे । संगिताले प्रदेश ५ की संगीता दंगाललाई एबीडीको आधारमा हराउंदा सबिनाले पनि प्रदेश ७ की संगीता चौधरीलाई एबीडीकै आधारमा हराइन् ।

हकीमा सुदुरको दुर्भाग्य
नेपालगञ्जको मंगलप्रसाद माविको खेल मैदानमा भइरहेको पुरुष हक्कीको फाइनलमा दुई विभागिय टोली नेपाल प्रहरी र नेपाल आर्मी पुगेका छन् ।
प्रहरीले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले ५ नम्बर प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रहरी र सुदूरपश्चिम प्रदेशको खेल अति नै प्रतिस्पर्धात्मक थियो । अन्तिममा विवादित पनि भयो । निर्धारित समयमा दुवैतिरबाट एक÷एक गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलमा अग्रता प्रहरीले लिएको थियो । प्रहरीका रोमन राणाले ४४ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिमका ५३ मिनेटमा अमित ओझाले गोल गरेपछि निर्धारित समयमा खेल बराबरी भएको थियो ।

ट्राइबेकरमा शुरुवाती ५÷५ जनामा चार÷चार गोल भयो । प्रहरीबाट योगेशकुमार बरबरे, श्रवणकुमार, केशवराज जोशी र रोमन राणाले गोल गरे । किसनबहादुर मगरको प्रहार सुदूरपश्चिमका किपर किशोरराज ओझाले रोके । सुदूरपश्चिमबाट नविन क्षेत्री, कान्तराम पनेरु, रोहित लामा र सुमितकुमार कामीले गोल गरे । राम परियारको गोल गर्न नसक्दा टोली जितबाट बन्चित भयो र निर्णय सडेनडेथमा पुग्यो ।

सडेनडेथमा प्रहरीबाट रोमन राणा, केशवराज जोशी, योगेशकुमार बरबरे, किसनकुमार मगर र श्रवणकुमारले गोल गरे । सुदूरपश्चिमका नविन क्षेत्री, सुमितकुमार कामी, रोहित लामा र कान्तुराम पनेरुले गोल गरे । अन्तिममा राम परियारले गोल गर्न नसकेपछि टोली घर फर्किन बाध्य भयो । रामले हान्नु अघि नै प्रहरीका किसनकुमार मगरले प्रहार गरेको बल पोष्टबाट बाहिरिएको थियो । रेफ्रीले उनलाई फेरि हान्ने मौका दिएपछि गोल गरेका थिए ।

आठौंअन्तर्गत महिला ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्दै जेसिका गुरुङ ।

रेफ्रीले सिटी बज्नु अघि नै सुदूरपश्चिमका किपर किशोर अगाडि बढेको भन्दै किसनलाई पुनः बल हान्न दिएका थिए । सुदूरपश्चिमले भने सिटी बजिसकेपछि मात्रै किपर अगाडि बढेको जिकिर गरेको थियो । सुदूरपश्चिमका प्रशिक्षक नरबहादु चन्दले सिटी बजिसकेपछि किपर अगाडि आएको भिडियोमा प्रष्ट देखिएको भन्दै रेफ्रीको निर्णय विरुद्ध आवाज उठाइरहे । निर्णायकले नसुनेपछि सुदूरपश्चिम निराश भयो । भिडियो भने सिटी बजेपछि किपर अगाडि बढेको देखिन्छ । सिटी बजेपछि किपर अगाडि बढेको मानिएको भए खेल सुदूरपश्चिमको पोल्टामा जाने थियो ।

सुदूरपश्चिमको दुर्भाग्य भयो । केही महिनाअघि भएको गिरिजाप्रसाद मेमोरियलको सेमिफाइनलमा पनि सुदूरपश्चिम गण्डकीसँग ट्राइबेकरमा पराजित भएको थियो । त्यतिबेला गण्डकीबाट खेलेका रोमन राणासहितका ६ जनाले अहिले प्रहरीबाट खेलिरहेका छन् ।

अर्को खेलमा आर्मीले ट्राइबेकरमा ५ नम्बर प्रदेशलाई पराजित ग¥यो । निर्धारित समयमा एक÷एक गोल भएको थियो । गोलको अग्रता भने २२ मिनेटमा अमनकुमारले ५ नम्बर प्रदेशलाई दिलाएका थिए । ५१ मिनेटमा आर्मीका प्रदीप राजबंशीले गोल गरेर बराबरी गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो । त्यसमा आर्मीका चार जनाले गोल हान्दा ५ नम्बर प्रदेशका २ जनाले मात्रै गोल गर्न सके । आर्मीबाट नरेन्द्र कार्की, प्रदीप राजबंशी, अमितकुमार श्रीवास्तव र राम शाहले गोल गरे भने ५ नम्बर प्रदेशबाट सानु लामा र विमल विकले गोल गरे । मोहम्मद सिद्धिकी शेष र मनिष गुरुङले गोल गर्न सकेनन् ।

महिलाको हक्कीमा २ नम्बर प्रदेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार १ नम्बर प्रदेशलाई ३–० गोलले हराउदै २ नम्बर प्रदेश सेमिफाइनलमा पुगेको हो । २ नम्बर प्रदेशका लागि ७ मिनेटमा मधुकुमारी, ३५ मिनेटमा अस्मिता राई र ४१ मिनेटमा गीता मिरिङचिङले गोल गरेका थिए । २ नम्बर प्रदेशले सेमिफाइनलमा ७ नम्बर प्रदेशसँग खेल्नेछ । आर्र्मी र गण्डकी प्रदेशले यसअघि नै सेमिमा भेट्ने पक्का गरिसकेका छन् ।

बास्केटबलः प्रदेश ३ फाइनलमा
आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ ।
दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले नेपाल प्रहरीलाई ८५–७१ ले हरायो ।

महिलामा प्रदेश ३ ले आर्मीमाथि ३९–२३ को जित दर्ता ग¥यो । प्रदेश ३ की एलिना गुरुङले ९ अंक जोडिन् । उपाधिका लागि प्रदेश ३ ले प्रहरीसंग भिड्ने छ । प्रहरीले सुदूरपश्चिमलाई ५५–४४ ले पाखा लगायो । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

जुडोः प्रहरी च्याम्पियन
आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोमा प्रहरी च्याम्पियन बन्यो । १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कांस्य हात पा¥यो । १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पा¥यो ।
तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले एक स्वर्ण थपेको हो । मिक्समा प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए ।

कबड्डीः आर्मी र प्रदेश ५ भिड्ने
आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन् । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे । महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए । फाइनल बुधबार हुनेछ ।

रेफ्रीमाथि हातपात
आठौ अन्तर्गत हिजैबाट शुरु भएको फुल कन्ट्याक कराते स्थगित गर्नु परेको छ । प्रहरी र प्रदेशका खेलाडीबीच भएको खेलका रेफ्री राम व्यञ्जनकारमाथि हातपात भएपछि खेल स्थगिति गर्नु परेको जनायो । सुत्रका अनुसार राखेपका एक पदाधिकारीले एक्कासी रिंगमा आएर रेफीमाथि हात पात गरेको थियो । जुन अनुशासनविपरीत कार्य हो । सुत्रले जनाएअनुसार उनले मादक पदार्थ खाएको बताइएको छ ।