नख्खु बमकाण्डः मुख्य योजनाकार कठायत पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटनाका मुख्य योजनाकार वीर बहादुर कठायत पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सुन्धाराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका कठायत जुम्लाका हुन् ।

गत फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने अन्य २ जना गम्भीर घाइते भएका थिए । उक्त बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अन्य २ जना भने अझैं फरार रहेका छन् ।