पब्जी खेलमाथिको प्रतिबन्ध फुकुवा गर्न सर्वोच्चमा रिट

0
Shares

काठमाडौँ ।
इन्टरनेटको माध्यमबाट खेलिने ‘पब्जी’ खेलमाथिको प्रतिबन्ध लगाएको केहि दिनमै फुकुवा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरु  सुवास पाठक, प्रविण सुवेदी, रितेश पौडेल, विकास थापा र अनुराग सुवेदीले खेलमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै मंगलबार संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कानुन निर्माण गरेर मात्रै यस्ता विषयमा बन्देज लगाउन पाउने संवैधानिक व्यवस्था भए पनि त्यस्तो व्यवस्था नै नगरी हतारमा गरिएको निर्णय कार्यान्वयन नगराउन अदालतबाट आदेश माग गर्दै उनीहरुले रिट दायर गरेका हुन् ।