दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान

28
Shares

सलिम अन्सारी, प्युठान ।
जिल्लाको सरुमारानीमा एक मगर परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत कन्यादान बिहे गरिदिएका छन् ।
सरुमारानी १ आँटिटारकी मगर परिवारकी छोरी उषाले सोही गाउँपालिका ३ गोठेरीका पुजन बिनायक बिक संग भागी विवाह गर्नुभएको थियो । अहिले तीन वटा छोराछोरी समेत जन्मिसकेका छन। छोराछोरी जन्मेपछी पनि मगर कि छोरीलाई दलित दुलाहासंग अन्माएर उदाहर्णीय विहे भएको हो। उषाका माईतीले विधिवत विवाहको प्रस्ताव राखेको हो ।

मगर परिवारको प्रस्तावपछि गाउँमा खान्दानी परिवारमा गनिएका सुनार जन्तिसहित बेहुला बेहुलीको माईतीमा पुगे । चिल्लो कारमा चढेका दलित परिवारका बेहुला र उहाका जन्तीलाई धुमधाम स्वागत गरे आँटिटारका मगर परिवारले ।

अनि विधिवत रुपमा बरमाला पहिर्याएर बिबाह सम्पन्न भयो । बिबाहपछि पनि मगर परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन । आफन्तजनबाट पानी बाराबारको तुच्छ बचन सुन्न परेन । सबै एक मत थिए ।

बिबाहमा जन्तिको रुपमा पुगेका दलित अगुवा सन्तोष बिकका अनुसार दलित समुदायका जन्तीहरुलाई पर्छिनका लागि मगर परिवार मुख्य सडक सम्म स्वागत गर्न पुगेका थिए ।

’ मगर परिवारको घरै अगाडी आई पुग्दा उषाका आफन्तहरु जन्ती पर्छिन आई पुगे, जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डपमा लगेर उभ्याउँदै उहाहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो,’ बिकले भन्नुभयो ‘मगरपरिवारका सवै सदस्य र उनीहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर सत्कारका साथ जन्ती बटाए ।’

बिबाहमा दुलाहाको बाबुआमा र दुलहीको बाबुआमाले गर्ने सम्देलो पनि धुमधाम गरीयो । ‘सम्धेलो गर्न पुष्पाकी आमा सुरुमा पुग्नुभयो र सम्धीनालाई बाँजोडेर चिनो साटा साट गर्नुभयो,’ बिकले भन्नुभयो– ‘ बेहुला बेहुलीका आमावुवाले सम्धी सम्धेलो गर्नुभयो ।’ उक्त दृश्य नियाल्न मानिसहरुको घुईचो थियो ।मगर परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।

वेहुलाका अँकलको हैसियतबाट जन्ती गएका बिकले उक्त विवाह अहिले सम्मकै उदाहरणीय विवाह भएको बताउनुभयो । पुष्पाका माइतीजन पनि प्रतिष्ठीत परिवारका हुन् । २१ औं शताब्दीमा यस्ता कुरीति चीर्नु आवश्यक रहेको दम्पतीले बताए ।

‘समाजमा मर्दा पर्दा सारोगाहे पर्दा मान्छे नै चाहिन्छ जात त चााहिदैन् । अनि किन यस्तो विभेद ? हामी यस्ता कुरिती लाई चुनौती दिन नै विावह गरेका हौं ।’