महासचिव पौडेललाई निलम्बन गर्न नेकपा नेताकै माग

0
Shares

काठमाडौँ ।
काठमाडौँको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।

नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उनले बुझेको सङ्केत दिएका छन्। तर उनले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिए।

महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्। तर उनले त्यो जग्गा व्यक्तिबाट किनेको बताएका छन्।

सांसद समेत रहेका केन्द्रीय सदस्यले मेटमणि चौधरीले छानविन सहज बनाउन पौडेल स्वयम्‌ले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताएका हुन्।