दाँत चम्काउने आयुर्वेदिक औषधि भन्दै सेतो धुलो बेच्ने पक्राउ

0
Shares

सिर्जना पन्त, बागलुङ ।
बागलुङ बजारमा अवैध रुपमा औषधि विक्री गर्दै आएका सुर्खेत विरेन्द्रनग नगरपालिका–१३ का १८ वर्षीय राज रावतलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बैशाख १ गते गिरफ्तार गरेको छ । दाँत चम्काउने आयुर्वेदिक औषधि भन्दै सेतो धुलो बस्तु र रातो तरल पदार्थ डिब्बामा राखेर अवैध रुपमा विक्री गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

मेला महोत्सव र भिडभाड र मठ मन्दिरहरुमा दाँच चम्काउँने र सफा गर्ने औषधी भन्दैं प्याकेजिङ गरिएका बट्टामा धुलो र रंग मिसावट गरेर बनाईएको रातो तरल पदार्थ माईकिङ गरेर भिड जम्मा गरेर बच्दैं हिडेको अवस्थामा बागलुङ कालिका मन्दिर परिषरबाट रावतलाई गिरफ्तार गरेको भट्टराईले जानकारी दिए ।

प्रक्राउ परेका रावतले सस्तो मुल्यमा पाईने र धेरै पैसामा बेच्न सकिने भएपछि आफुले साथिबाट सामाग्रि किनेर बेच्न सुरु गरेको बताएका छन् । प्याकेजिङ गरेको बट्टामा के को धुलो छ र रातो रङको पानीमा के के मिसावट छ भन्ने विषयमा आफुलाई कुनैपनि जानकारी नभएको बताउँने रावतले साथिले आर्युवेदिक औषधी भएकाले कहि असर नगर्ने भनेको हुनाले आफुले यहि व्यापार सुरु गरेको बताए ।

बागलुङ भन्दा पहिले पोखरामा १० दिन व्यापार गर्दा १२ हजार कमाई भएपछि सजिलै पैसा कमाउँन सकिने रहेछ भन्ने लागेर बागलुङमा व्यापार सुरु गरेको रावतले बताए । प्रति १ सय ५० रुपैयाका दरले वेच्दैं आएका रावतले बागलुङमा पहिलो दिन ५ सय र दोस्रो दिन २ हजार आम्दानी गर्दै गर्दा प्रक्राउ परेका थिए ।

मेला हेर्न र मन्दिरमा पुजा गर्न आएका दर्शनार्थीहरुलाई झुक्याउँदैं दाँत चम्काउने आयुर्वेदिक औषधि भन्दै ठगी गरेकाले धुलो वस्तु र रातो तरल पदार्थ, रंग बनाउँन प्रयोग गरिने अविरको प्याकेट, बट्टामा लेवल लगाउँन प्रयोग गरिने कागज र प्रर्चा सहित निन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।