रेडक्रसको ७ वटै प्रदेशमा निर्वाचन सम्पन्न, केन्द्रीय सभाको मिति तोकियो

0
Shares

काठमाडौँ ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ७ वटै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । नेरेसोको केन्द्रीय सभाको अधिवेशन सुनसरीमा वैशाख २३ देखि २५ सम्म आयोजना हुने गरी मिति तोकिएको छ । यस पटक विशेष अधिवेशनबाट पारित विधानको व्यवस्था अनुसार हरेक पदहरुमा निर्वाचन गरी केन्द्रीय नेतृत्व चयन हुनेछ ।
प्रदेश १, प्रदेश २, गण्डकी, ५ र ६ नम्बर प्रदेशका कार्यसमिति निर्विरोध चयन भएका हुन् । ३ नम्बर र सुदुरपश्चिम प्रदेशमा भने निर्वाचनबाट नेतृत्व चयन भएको नेरेसोले जनाएको छ ।