नयाँ वर्षको शुभकामनासँगै भित्ते पात्रो उपहार

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन रामेछापले नयाँ वर्ष २०७६ सालको शुभकामना सँगै भित्तेपात्रो उपहार दिएको छ । मंगलबार सदरमुकाम मन्थलीमा २०७६ सालको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरी उपस्थित सबैलाई फाण्डेशनद्धारा प्रकाशित भित्तेपात्रोे उपहार दिइएको हो ।

फाण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले स्व. गिरिजा प्रसाद कोइरालालाई स्मरण गर्दै कोइराला जस्तो सहासी नेता अहिले पनि नेपालमा नदेखिएकाले नयाँ वर्ष २०७६ मा राजनीतिमा उहाँको जस्तै सहास सबै राजनीतिक नेतृत्वमा आओस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै सहभागिहरुले नयाँ वर्ष २०७६ सालमा देशका राजनीतिक नेतृत्व देखि सर्वसाधरण सम्मको सोचमा सकारत्माक परिवर्तन आओस भन्दै शुभकामना दिएका छन् । कार्यक्रममा राजनीतिक दलका प्रमुख, सरकारकारी निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।