आइजिपी शैलेन्द्र खनालको एक बर्ष: ५ सय ४८ सशस्त्र प्रहरी कारबाहीमा



????????????????????????????????????

काठमाडौं । शसस्त्र प्रहरी बलले संगठनको आचरण विरुद्ध काम गर्ने ५ सय ४८ जनालाई विभागीय कारवाही गरेको छ । कारवाहीमा पर्नेमा सिपाहीदेखि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तहका अधिकृत रहेका हुन्् ।
नयाँ बर्ष २०७६ को अवसरमा शसस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले एक बर्षमा सम्पादन गरेको कामको बारेमा जानकारी गराउनुभएको छ ।

उहाँले आफुले संगठनको नेतृत्व सम्हालेपछि घोषणा गरिएको सुधारको काम सन्तोषजनक ढंगले अगाडि बढेको बताउनुभयो । सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालको अभियानलाई सार्थक बनाउन र गृह मन्त्रालय अगाडि सारेको गृह प्रशासन सुधार कार्यविधि कार्यान्वयन गर्न संगठन मन बचन र कर्मबाट अहोरात्र खटिएको बताउनुभयो ।

‘संगठनभित्र कुनै पनि विवाद नरहने गरी नीति निर्माण गर्दा र महत्वपूर्ण निर्णय गर्दा सामुहिक ढंगले गरिदै आएको छ’,सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो–संगठनलाई बलियो र सक्षम बनाउन सामुहिक निर्णय गरेर अगाडि बढेका छौं ।’

बढुवा गर्दा मुल्याङकलाई आधार बनाएर गरिएको बताउदै संगठनभित्र कसैलाई पनि लाखापाखा गरेर बढुवा नगरिएको बताउनुभयो । विगतमा ५८ जिल्लामा मात्र रहेको स्यायी कार्यालय रहेकोमा अहिले ७७ जिल्लाको ६० जिल्लामा स्थायी कार्यालय स्थापना गरिएको छ । उहाँका अनुसार ५ वटा बाहिनी थप गरेर ८ बनाइएको छ भने ५ वटा तालिम शिक्षालयलाई ६ वटा प्रस्तावित तालिम शिक्षालय थप गरी ११ वटा बनाइएको छ ।

-संगठनभित्र कुनै विवाद छैन
-सरुवा बढुवामा भेदभाव गरिएको छैन
-आगामी बर्ष बेरुजु सून्य बनाउने लक्ष्य
-चिनियाँ भाषा सिकाउदै सशस्त्र प्रहरी
-सिपाहीदेखि एसपीसम्मलाई कारवाही
-चेन अफ कमाण्ड झन बलियो

सशस्त्र प्रहरीले एक बर्षको अवधिमा २७ गणमा ९ गण थप गरी ३६ गण पु¥याएको छ । त्यसैगरी २१ सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरोन्नती गरिएको छ । ३८ गुल्ममा १८ थप गरी ५६ स्थायी गुल्म बनाएको र गुल्मको जनशक्ति फरक–फरक रहेमा अहिले सबै गुल्ममा दरवन्दी १६० बनाइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा सुरक्षाको संवेदनशितालाई ध्यानमा राख्दै ८७ बिओपीमा १९ वटा थप गरेर १०६ बिओपी बनाइएको र थप दुई बिओपिहरु स्थापनाको क्रममा रहेको जानकारी दिनुभयो । करिब ९ हजारको जनशक्ति रहेको तरााईमा अहिले १५ हजार जनशक्ति परिचालन गरिएको पनि उहांले जानकारी दिनुभयो ।

सरकारले जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने नीतिलाई मूर्तरुप दिन सशस्त्र प्रहरीले यस बर्षदेखि जेष्ठ नागरिक सम्मानार्थ एकमुष्ठ निर्वाह भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।

महानिरीक्षक खनालले आर्थिक पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनसिलताको नीति अबलम्बन गरी कडाइको साथ पालाना गराइने उल्लेख गर्दै गत बर्ष २दशमलव ९९ प्रतिशत बेरुजु फछ्यौट भएकोमा यस बर्षको दोस्रो चौमासिकसम्म ४३दशमलव ७७ प्रतिशत बेरुजु फछ्र्यौट भएको बताउनुभयो ।

आगामी बर्षाभित्र सबै बेरुजु फछ्र्योट गरी बेरुजु सून्य बनाउने लक्ष्यका साथ आपूm अगाडि बढाउने उहाँले बताउनुभयो । सम्पूर्ण विनियोजित बजेटबाट पुँजीगत खर्च हुने साधनहरु टेन्डर प्रणालीबाट गर्ने गराउने गरिएको बताउदै सार्वजनिक खरिद नियमावली २०६४ अनुसार खर्च शतप्रतिशत पारदर्शी बनाइको बताउनुभयो । सशस्त्र प्रहरीले विभिन्न अपराधनमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको बताएको छ ।

सरकारको नीति अनुसार दक्षिणी तथा उत्तरी समकक्षीसँग ६० पटक बैठक गरिएको उल्लेख गरिएको छ । जस अनुसार नेपाल–भारत समकक्षीबीच ४७ पटक र नेपाल र चिनियाँ समकक्षीबीच १२ पटक बैठक भएको छ ।
गत बर्ष अवधै चोरी निकासीका क्रममा १३ करोड ९३ लाख राजश्वस दाखिला भएकोमा यस बर्ष दोब्बर भन्दा बढी ३३ करोड ७० लाख अवैध चोरी पैठारिका सामान बरामद गरी राजश्वमा दाखिला गरिएको उहांले जानकारी दिनुभयो ।

एक बर्षको अवधिमा विभिन्न दुर्घटनमा परी घाइते भएका ६ हजार ५७ जनाको उद्दार गर्न २ हजार ७ सय ९७ जना जनशक्ति परिचालन भएको उल्लेख गरिएको छ । विपद्को पूर्व तयारी अन्तर्गत ४१ हजार नागरिकहरुलाई जनचेतनाको कार्यक्रम सञ्चालन गरिएको र विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति ३ सय७३ पुगेको तथा बहिनी मुख्यालयमा एक÷एक प्लाटुन विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाराको हुरीपछिको उद्दार कार्यमा २ हजार ६ सय १७ जना जनशक्ति परिचालन गरिएको महाानिरीक्षक खनाालले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी कर्मचारीहरुले आफूसँग सम्बन्धि व्यक्तिगत वितरणहरु आफैले हेर्न मिल्ने गरी मोबाइल एप्स तयारी गरी प्रयोगमा ल्याएको बताउदै प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफूले खटिएको ठाउँ र आफूलाई जानकारी भएको घटनाका रिपोर्ट समेत सजिलै माथिल्लो निकायमा गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

महानिरीक्षक खनालका अनुसार सशस्त्र प्रहरी ऐन २०७५ को प्रारम्भिक मस्यौदा तयारी गरी गृह मन्त्रालयमा पठाइको छ भने विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७४ बमोजिम कार्य सञ्चालन भइरहेको साथै आन्तरिक कार्यविधि २०७५ तयारी गरी लागू गरिएको छ ।

महानिरीक्षक खनालले १०६ बाट २सय ६५ बिओपी पु¥याउन १सय ५९ बिओपी थप गर्न जनशक्तिको लागि पहल गर्ने बताउदै सीमा व्यवस्थापन तथा सुरक्षालाई मजबुद बनाउन गणहरुमा थप जनशक्तिका लागि पहल गर्ने बताउनुभयो । सशस्त्र प्रहरीले ७ वटै प्रदेशमा क्रमिक अस्पताल निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

सीमा सुरक्षा प्रविधिमैत्री बनाउन विभिन्न निगरानिका आधुनिक उपकरणहरु ड्रोन सिसी क्यामेरा, मेटल तथा विष्फोटक पर्दा डिटेक्टर, वाक थु्रु गेट, भारी साधन तथा लगेज स्क्यानिङ मेसिनको व्यस्थापन गर्ने योजना अगाडि सारेको महानिरीक्षक खनालले बताउनुभयो ।

बढुवाको क्रममा गुनासो आउन नदिन कार्य सम्पादन मुल्याङकन प्रत्येक व्यक्तिले हुनै र कमेन्ट गर्न पाउने व्यवस्था मिलाइने भएको छ । कार्य सम्पादन मुल्याङन प्रणालीलाई वैज्ञानिक र वस्तुगत बनाउदै लैजाने योजना पनि अगाडि सारिएको छ । देशभरका विभिन्न १ सय ६९ स्थानमा नयाँ युनिट माग भएपछि जनशक्ति अभावको कारण स्थापना गर्न नसकिएको उहाँले बताउनुभयो ।
महानिरीक्षक खनालले उत्तर सीमामा स्थापना गरिएको युनिटमा भाषाको समस्या आएकाले एक जना अधिकृतलाई भाषा सिक्न चीन पठाउनुको साथै अन्य प्रहरी कर्मचारीहरुलाई चिनियाँ भाषा कक्षबाट पनि भाषा सिकाउने काम अगाडि बढाउन लागिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नु भएको सम्बृद्ध नेपाल अभियान र गृह मन्त्री रामबहादुर थापाले ल्याउनु भएको गृह सुधार योजनालाई कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको पनि उहांले जानकारी दिनुभयो ।
बिद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई बिद्यालय ल्याउने सरकारको योजनालाई कार्यान्वयन गर्न गत बर्षबाटै संगठन अभियानमा संलग्न रहेको र यस बर्ष पनि उक्त अभियानको एउटा अंग बन्न संगठन लागि पर्ने महानिरीक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्