देशभर असिनासहित वर्षा, तीन दिनसम्म मौसम उस्तै रहने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सोमबार अपरान्हको समयमा देशका विभिन्न ठाउँमा असिनासहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको मौसमविद्हरुले बताएका छन् । मौसमिवद्का अनुसार अब लगातार तीन दिनसम्म मौसममा कुनै सुधान आउने छैन ।

आगामी तीन दिनसम्म कुनै–कुनै ठाउँमा हल्का घाम लागेपनि कतिपय स्थानमा बादलसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।