निलसागरको सेवा केन्द्र बर्दियामा स्थापना

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया ।
असक्त, असहाय र जेष्ठ नागरिकहरुका लागि आश्रय केन्द्र बर्दियाको गुलरियामा निलसागर संस्थाको केन्द्र स्थापना भएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं.५ बर्दिया (ख) का प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेल ले गुलरियामा एक समारोहका बिच गर्नु भयो ।

मानसिक सन्तुलन गुमाएर सड्कमा घुमन्ते जिवन विताईरहेका, अभिभावक विहिन बालबालिका, असहाय तथा असक्त जेष्ठ नागरिकहरु लाई आश्रय दिई शारिरीक तथा मानसिक उपचारका समेतको सेवा नेपालगञ्जमा दिदैं आएकोमा अब बर्दिया जिल्लामा पनि आश्रय केन्द्र संचालन गरी सेवा विस्तार गर्न लागेको हो । कुनै बैदेशिक संस्थाबाट तथा सरकारी स्तरबाट सहायता नलिई स्थानीय ब्यक्तिगत सहयोग जुटाएर संचालन गरिएको उक्त सेवालाई यस वर्ष देखि प्रदेश नं.५ को सामाजिक मन्त्रालय बाट दुई जना कर्मचारीको सहयोग प्रदान गरिएको कुरा सो संस्थाकी अध्यक्ष सरीता खनालले बताउनु भयो ।

सो संस्था स्थापना साल २०७१ देखि सेवा शुरु गरि २०७३ सालमा विधिवत संस्था दर्ता भएको र हाल सम्म १ सय १० जना जस मध्ये मानसिक रोगी ५ जना, जेष्ठ नागरिक १ सय ३ जना र बालबालिका २ जनालाई गृहपुर्न मिलन गराई सेवा पु¥याईएको छ । साथै आश्रय केन्द्रमै मृत्यु भएका ४ जना जेष्ठ नागरिकहरुको दाहसंस्कार तथा क्रियाकर्म पनि सो संस्थाबाटै गरिएको र संस्थाकी अध्यक्ष सरीता खनालले बैद्यिक विधि पुर्वक क्रियाकर्म गर्नु भएको थियो । हाल नेपालगंजमा ४८ जना र कोहलपुरमा १८ जना को सेवा गरिरहेको छ भने नवस्थापित बर्दिया गुलरिया केन्द्रमा ३६ जना जेष्ठ नागरिक र १८ जना बालबालिका लाई सेवा पु¥याईने उक्त संस्थाले जनाएको छ ।

उद्घाटन मनतब्य दिनु हुँदै प्रदेश सभा सांसद कुलप्रसाद पोखरेल ले सामाजिक विकास को क्षेत्रमा यो संस्थाले प्रशंसनीय कार्य गरेको बताउदै यसलाई हामिसवैले सहयोग गर्न जरुरी भएको कुरामा जोड दिनु भएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुनप्रसाद सुवेदी, बर्दिया जिल्ला अदालत बारएसोसियनका अध्यक्ष देवीदत्त देवकोटा, सर्यु (भादा) घाट संरक्षण समितीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, गैर सरकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद तिमिल्सिना, जेष्ठ नागरिक खगेश्वर गौतम र मेघनाथ अधिकारीले शुभकामना मनतब्य दिनु हुँदै संस्थालाई आ–आफ्ना तर्फबाट सहयोग पु¥याउने प्रतिबद्धता जनाउनु भएको थियो ।

सो संस्थाले बर्दिया जिल्लालाई आगामी ६ महिना भित्र सड्क मगन्ते तथा सड्क आश्रय लिएका मानव मुक्त जिल्ला घोषणा गराउने लक्ष्य लिएको पनि सो अवसरमा जानकारी गराईयो ।