पोइ पर्यो काले बन्ने


पोइ पर्यो कालेका नाममा फिल्म बन्ने भएको छ। नयाँ वर्षका दिन पारेर आइतबार निर्माता निर्देशक शिशिर राणाले नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्मालाई यो फिल्मका लागि अनुबन्धित गरेका छन्।

तिमीसँग नामक फिल्मबाट निर्देशन यात्रा शुरू गरेका शिशिरको यो दोस्रो फिल्म हुनेछ। फिल्म राणा स्वयंले लेखेका छन्। अन्य कलाकारको धमाधम छनोट भइरहेको र जेठको दोस्रो साताबाट छायांकनमा जाने निर्देशक राणाले बताएका छन्। उनका अनुसार यो फिल्ममा थप एक÷एक नायिका नायिका हुनेछन्।

नायिका पूजाले होम प्रोडक्सनबाहिरको फिल्ममा आबद्ध भएकामा खुसी व्यक्त गरिन्। फिल्मबाट २० लाख रुपियाँ पाएको पूजाले दाबी गरिन्। नायक आकाशले पनि फिल्मबाट १८ लाख पारिश्रमिक लिएको दाबी गरेका छन्।

फिल्म दीपक मनांगे (राजीव गुरुङ) ले निर्माण गर्नेछन्। फिल्मको कार्यकारी निर्माता रघु परियार र किरण नेपाली तथा प्रस्तुतकर्ता श्यामबहादुर थापा रहेका छन्। फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ भने कात्तिक ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने निर्देशक राणाले जानकारी गराए।