असान्जलाई अमेरिका हस्तान्तरण गर्ने प्रयासको विपक्षीद्वारा विरोध

0
Shares

लन्डन (एजेन्सी)
बेलायतमा हालैमात्र गिरफ्तार गरी जेलमा राखिएका विकिलिक्स संस्थापक जुलियन असान्जलाई अमेरिका हस्तान्तर गर्ने प्रयासलाई बेलायती सरकारले विरोध गर्नु पर्ने विपक्षी लेबर पार्टीले माग गरेको छ ।

यसबीच असान्जलाई अमेरिका हस्तान्तरण गर्ने मामिलामा बेलायतको अदालतमै मुद्दा बर्सौं लम्बिन सक्ने विज्ञहरुले आसंका ब्यक्त गरेका छन् । यदी अपिल भयो भने यो मुद्दा युरोपियन कोर्ट अफ जस्टिसमा जाने सम्भावना रहेको पनि उनीहरुले बताए ।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले एक ट्विटमा भनेका छन्, अमेरिका असान्जेको हस्तान्तरण गराउन चाहिरहेका छन्, किनभने उनले इराक र अफगानिस्तानमा गरिएका अत्याचारको भन्डाफोर गरेका थिए ।
आन्तरिक मामिला सम्बन्धी लेबर प्रवक्ता डायने एबटले सरकारले मानवअधिकारका आधारमा अस्तान्तरण रोक्नु पर्छ ।

यसैबीच प्रधानमन्त्री टेरिजा मेले असान्जको गिरफ्तारीको स्वागत गर्दै कानुन भन्दा माथि कोही नहुने देखाउने प्रयास गरेकी छिन् । असान्जलाई लन्डनमा एक न्यायधिष समक्ष भएको संक्षिप्त सुनवाईपछि जेल पठाइएको छ ।
असान्जलाई गत जुन २०१२ मा दुतावासमा भागेर आफनो जमानतको सर्तको अवज्ञा गरेको मामिलामा न्यायधिषले दोषी ठहर्याएको छ ।

अष्ट्र्ेलियन नागरिक असान्जलाई यौन उत्पिडनको आरोपमा स्विडेन पठाउने एक बेलायती न्यायधिषको आदेशपछि लन्डन स्थित इक्वेडरको दुतावासमा सरण लिएर बसिरहेका थिए । दुतावासले उनलाई दिइरहेको यो सुविधा गत बिहिबार फिर्ता लिएको थियो । उनको नागरिकता पनि खोसेको र असान्जलाई त्यहाँबाट हटाउन बेलायती प्रहरीलाई अनुमति दिइएको थियो ।

असान्जको गिरफ्तारीपछि अमेरिकी अधिकारीले उनको सुचना हातपारी सार्वजनिक गर्ने गतिविधिलाई लिएर उनी विरुद्ध एक अभियोग दर्ता गरेका छन् । उनलाई दक्षिण लन्डन स्थित १९ औं सताब्दीको वान्डसवर्थ जेलमा राखिएको सन ट्याब्लोइडले जनाएको छ । उक्त जेलमा उनले स्विडेनमा गरिएको कथित यौन उत्पिडनको आरोपमा सन् २०१० मा ९ दिन बिताएका थिए । यस मामिलामा सजायँ पाएमा उनलाई एक बर्षसम्म सजायँ हुन सक्छ ।

अर्को तर्फ उनको हस्तान्तरणको मामिलामा मे २ मा वेस्टमिनिस्टर मेजिस्ट्र्ेट कोर्टमा भिडियो कन्फरेन्सको माध्यमबाट सुनवाई हुनेछ । असान्जका लन्डन स्थित वकिल जेनिफर रोबिन्सनले उनलाई अमेरिका हस्तान्तरण गर्ने प्रयास विरुद्ध आफुले कानुनी लडाई लड्ने पुष्टि गरेका छन् ।

विकिलिक्स सम्पादक क्रिष्टिन हाफसोनले अमेरिकामा उनीमाथि थप आरोप लगाउन सक्ने र त्यसको अर्थ उनलाई अमेरिकाको जेलमा दशकौंसम्म राख्न सकिने आसंका ब्यक्त गरेका छन् ।