चिकित्सकको रुपमा पटकपटक अनुतीर्ण व्यक्ति राष्ट्रपतिद्वारा बिभूषित

0
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ९निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ० मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री ९चतुर्थ श्रेणी० पदकबाट विभूषित भएको फेला परेको हो ।

मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा. लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ ।

बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटक पटक अनुतीर्ण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको। ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ ।