कृष्णाको चौथो जित

0
Shares

काठमाडौं, (नेस)
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् ।

६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ ।