वर्षको अन्त्यमा विश्व अर्थन्तत्रले गति लिने



वासिङ्टन, (एजेन्सीहरु)
विश्वव्यापी अर्थतन्त्रमा देखा परेको सुस्त वृद्धि चालू वर्षको अन्त्यतिर गएर सुधार हुने विश्वका नेताहरुले बताएका छन् । विश्वका केन्द्रीय बैंक तथा अमेरिका–चीनबीचको छलफलले यसमा सघाउने उनीहरुले बताएका हुन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका नेतृत्व तहले विश्वव्यापी अर्थतन्त्रले यो वर्ष राम्रो अवस्था गुमाएको स्वीकार गरेका छन् । तर, केन्द्रीय बैंकहरुले ब्याज दरलाई खुकुलो बनाएस“गै यो वर्षको दोस्रो अर्धवार्षिक अवधिमा वृद्धिले गति लिने अपेक्षा उनीहरुले गरेका छन् ।

अभैm पनि अमेरिका र चीनबीचको अडानले आर्थिक परिदृश्य ओझेलमा पर्न सक्ने बताइएको छ । ‘व्यापार तनावको विस्तार हुनेमा पनि हामी सचेत हुनुपर्छ,’ जापानका अर्थमन्त्री तारो आसोले बताए ।

२० ठूला अर्थतन्त्रहरुको अध्यक्षता जापानले गरेको छ । गत वर्षको अन्त्य र यस वर्षको शुरुमा विश्वव्यापी अर्थतन्त्रमा केही सुस्तता देखिएको जी–२० ले जनाएको छ । चुलिएको व्यापार तनाव, अस्थिर वित्तीय बजार र बढ्दो ब्याज दरका कारण यस्तो अवस्थाको सिर्जना भएको उनीहरुले बताए ।
आईएमएफले विश्वव्यापी वृद्धिलाई गत वर्षको ३ दशमलव ६ प्रतिशतबाट घटाएर यस वर्षका लागि ३ दशमलव ३ प्रतिशत कायम गरेको छ । यो वृद्धिदर सन् २००९ को मन्दी यताकै सुस्त हो । तर, कोषले आगामी वर्ष यो ३ दशमलव ६ प्रतिशतमा फर्किने पनि जनाएको छ ।

बैंक अफ जापानका प्रमुख हारुहिको कुरोदाले भने–‘जी–२० का अधिकारीहरुले आईएमएफको समीक्षाकृत प्रक्षेपणको सम्भावना उच्च रहेको छ । तर, सबै मुलुकले वृद्धि उकास्नका लागि आफ्नोतर्फबाट पनि केही गर्न आवश्यक छ ।’

प्रक्षेपणकर्ताहरु अमेरिका–चीनबीचको व्यापार तनावप्रति चिन्तित देखिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रहरुले एक अर्काका ३५० अर्ब डलरका सामग्रीमा शुल्क लगाएका छन् । यी मुलुकहरु चीनले चलाखीपूर्ण उपाय अवलम्वन गरेको अमेरिकी आरोपको विषयमा लडिरहेका छन् । यसमा साइबर चोरी र विदेशी फर्मलाई व्यापार गोपनियता हस्तान्तरण गर्नका लाागि बाध्य बनाएका आरोपलगायतका छन् । यसले अमेरिकी प्राविधिक सर्वोच्चतामा चुनौती थपिएको आरोप अमेरिकाले लगाएको छ ।
यी दुई मुलुकहरु सम्झौतामा पुग्ने अपेक्षाबीच यो वर्ष वित्त बजार उकालो लाग्ने क्रममा देखिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया–प्रशान्त विभागका निर्देशक चाङयोङ रिले भने–‘दुई मुलुकबीच भएको छलफल सहमतिमा पुग्न नसकेमा बजार पुनः धरमराउने छ ।’

अमेरिका–चीन व्यापार मोल मलाई्रले नया“ समस्यासमेत सिर्जना गर्न सक्ने रिले बताए । बृहत् रुपमा अपेक्षा गरिएभै“m यदी चीनले अमेरिकाबाट बढी सामग्री खरिद गर्ने विषयमा सहमति जनाए पनि यसले चीनमा निर्यात गरिरहेका अन्य मुलुकहरुको निर्यात प्रभावित हुनेछ ।
चीनले अमेरिकी कम्पनीलाई सुविधायुक्त पहु“च दिने र यसले अन्य मुलुकका सामग्रीको चीनमा पहु“च मात्रै नभएर भावी समयको स्वतन्त्र व्यापार सम्झौतासमेत प्रभावित हुने रिले जनाए ।

प्रतिक्रिया दिनुहोस्