साहित्य दिवसमा नौँ साहित्यकार र २ संस्था सम्मानित

0
Shares

काठमाडौं ।
बैशाख १ गते आइतबार साहित्य दिवसको सन्दर्भ पारेर ९ जना वरिष्ठ साहित्यकार तथा २ वटा संस्थाहरुलाई सम्मानित गरिएको छ । राजधानीको मित्रपार्कमा आयोजित एक कार्यक्रममा साहित्यका विविध विधामा कलम चलाउने साहित्यकारहरु तथा समाजसेवी संस्थाहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा साहित्य संवद्धन द्रष्टा सम्मान ०७५ बाट साहित्यकार दधिराज सुवेदी ( नगद १२ हजार ) , हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार २०७५ बाट साहित्यकार भाउपन्थी ( नगद ३१ हजार), विश्वज्योति सेवा सम्मान २०७५ बाट एकीकृत दृष्टिविहिन विकास संघ, लोटाङ ( नगद २० हजार ) लाई सम्मान गरियो ।

त्यस्तै शारदादेवी सिर्जना पुरस्कार ०७५ बाट कथाकार माया ठकुरी (नगद १५ हजार) , राधिका पदम दुर्गा काव्य कविता पुरस्कार ०७५ बाट डा विष्णुराज आत्रेय (नगद १२ हजार), जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान ०७५ बाट गणेश रसिक (नगद ११ हजार १११), रामप्रसाद श्रेष्ठ साहित्य सम्मान ०७५ बाट बालकृष्ण उपाध्याय नेपाल (११ हजार १११) र निर्मला प्रेम बाल साहित्य सम्मान ०७५ बाट प्रमोद प्रधान (नगद ११ हजार १११ ) पुरस्कृत तथा सम्मानित भए । यसैगरि वसन्त–राधा पद्यकाव्य पुरस्कार ०७५ गोविन्द घिमिरे वेदमणि तथा नीलम कुमार न्यौपाने (नगद ५० हजार ) संयुक्तरुपमा प्रदान गरियो । हेम कुमारी–दिवाकर समाजसेवा सम्मान ०७५ बाट ( २५ हजार ५५५ ) भने द ओरफान होम , बाजुरालाई प्रदान गरियो ।

उल्लेखित साहित्यकार तथा संस्थाहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक गोपीकृष्ण शर्मा तथा वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीले दोसल्ला ओडाउनुका साथै नगद सहित सम्मान गरेका हुन् । प्रत्येक वर्ष वितरण गरिने यी पुरस्कार वितरणकै सन्दर्भ पारेर ११ जना साहित्यकारहरुका १३ वटा कृतिहरु पनि एकै साथ विमोचन गरिएको थियो ।

जस अन्र्तगत रमेश शुभेच्छुद्वारा सम्पादित वर्ष साहित्य पुस्तक ०७४, टंक बहादुर आलेमगरको अछेता, गोकुल खड्काका ३ वटा बालकोशेलीहरु , जनक वाग्लेको ( गजल, मुक्तक र कविता संग्रह ) त्रिवेणी, साहित्यकार हरि थापाको कथा संग्रह परदेशको व्यथा रहेका छन् । यस्तै गोपाल अश्कको गीत–गंध , बिनोद खड्काको पातालका मान्छेहरु , वरिष्ठ साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको भासका समग्र नाट्यकृति लगायतको पनि विमोचन गरिएको थियो । सबै कृतिहरु शब्दार्थ प्रकाशनबाट प्रकाशित भएका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री त्रिलोचन ढकाल, साहित्यकारहरु विजय चालिसे, राजेन्द्र सुवेदी, विनयकुमार शर्मा नेपाल, भुवनहरि सिग्देल लगायतको उपस्थिती रहेको थियो भने विमोचित कृतिहरु माथी शान्ती रिसालद्वारा समिक्षा गरिएको थियो । विगत ५ वर्ष देखि प्रत्येक नेपाली नयाँ वर्षको दिनलाई साहित्य दिवसका रुपमा मनाईंदै आइएको छ । कार्यक्रमको आयोजक शब्दार्थ प्रकाशन, नेपाल साहित्य समाज र साहित्य संबद्र्धन केन्द्र नेपाल हुन् ।