मृगौलापीडितलाई कांग्रेसद्वारा ३३ हजार

0
Shares

हेटौंडा ।
हेटौंडा–६, चौघडाका मृगौलापीडित बलबहादुर श्रेष्ठलाई नेपाली कांग्रेसले ३३ हजार रुपियाँ सहयोग गरेको छ । चौघडामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जिल्ला कार्यसमितिका तर्फबाट २५ हजार रुपियाँ, चौघडाका हस्तबहादुर केसीबाट ५ हजार एक सय रुपियाँ, तरुण नेता राजेश भेटवालबाट २ हजार र प्रेस युनियन मकवानपुर निवर्तमान अध्यक्ष रुपेश दुलालबाट प्राप्त एक हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

समस्यामा परेकालाई सहयोग गर्नु राजनीतिक दलको कर्तव्य भएको भन्दै बानियाँले आवश्यक थप सहयोगसमेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेस हेटौंडा–६ ले यसअघि पनि श्रेष्ठलाई २५ हजार आर्थिक सहयोग गरेको थियो ।