सरकारले किसानलाई अनुदान दिएर आत्म निर्भर बनाउने निति ल्याउछ: रक्षामन्त्री पोखरेल


लिला सुनुवार, ओखलढुंगा ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले किसानलाई सहुलियत र अनुदान दिएर आत्मनिर्भर बनाउने नीति ल्याउन लागेको बताउनुभएको छ ।

किसानलाई प्रोत्साहन गरेर व्यवसायिक बनाए मात्रै समृद्धि संभव हुने दताउनु भयो । प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको शनिबार ओखलढुंगामा उद्घाटन गर्दै रक्षा मन्त्री पोखरेलले विगतमा किसान उपेक्षित भएकाले आत्मर्निभर बन्न नसकेको बताउनुभयो ।
ओखलढुंगा उद्योग बाािणज्य संघले आयोजना गरेको ११ दिने औद्योगिक महोत्सवलाई सम्बोधन गर्ने क्रममा पोखरेलले विगतका सरकारले कृषि उत्पादनमा रहेका किसानहरुलाई सहुलियत नदिएर अहिलेको अवस्था आएको मन्त्री पोखरेलको दावी छ ।

अहिले दैनिक भान्छामा प्रयोग हुने वस्तु आयतित हुनुको मूख्य कारण कृषिलाई महत्व नदिएर नै भइरहेको भन्दै मन्त्री पोखरेलले वर्तमान सरकारले कृषिमा आत्मनिर्भर बनाउन अनुदान दिने गरि नीति ल्याउन लागेको जानकारी दिनुभयो ।

जनप्रतिनिधीहरुले टुक्रे र झिना मसिना कुरामा नभइ बृहत आर्थिक विकासका योजना बनाएर स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वयमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

अहिलेको सरकारको कृषिमा सहुलियत दिने कार्यक्रम निर्माण भइरहेको जनाउनुभयो । उहाँले विगतमा बन्द रहेका उद्योगहरु कसले कसरी बन्द गराए जनताले खोजविन गर्नु पर्ने बताउनुभयो । सरकारले आवश्यकताका आधारमा जनतालाई आत्मनिर्भर बनाउन उद्योगहरु स्थापना गरेर सञ्चालन गर्ने पनि जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका केन्दीय सदस्य रमेश लेखकले आर्थिक समृद्धिका बाटोमा इटा थप्ने काम महोत्सव र मेलाले गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधहरुले पूँजीगत खर्च बढाउन पहल गर्नु पर्ने व्यवसायिक क्षेत्रमा अनुदान र सहयोग गर्ने नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।

११ दिनसम्म चल्ने महोत्सवमा २ लाखले अवलोकन गर्ने र २ करोड बढीको कारोवार हुने लक्ष्य राखिएको छ । महोसत्सवको मुख्य आकर्षणका रुपमा १ सय ५० स्टलहरुमा स्थानीय उत्पादन तथा अन्य विदेशी सामग्रीहरु किन्न, बाल उद्यान तथा सांस्कृतिक कार्यक्रमहरु रहेका छन् ।