आज पाँचथरमा चौंरी महोत्सव

0
Shares

गणेश साम्पाङ, पाँचथर
फालेलुङको समृद्धिको आधार–कृषि पर्यटन जलस्रोत र भौतिक पुर्वाधार भन्ने मुल नाराका साथ पाँचथरको फालेलुङ गाउँपालिकाको आयोजनामा फालेलुङ ५ चाररातेमा आज आइतबार तेस्रो चौंरी महोत्सव सम्पन्न हुदै छ ।
चौंरी पालन पेशालाई पर्यटन बिकास सित गासेर आयआर्जन बढाउने र उत्तरी पाँचथरको सिमावर्ती क्षेत्रलाई पर्यटकको गन्तब्य बनाउने उद्देश्यका साथ चौंरी महोत्सव गर्न लागिएको फालेलुङ गाउँपालिकाका प्रबक्ता जीवन राइ बताउनुहुन्छ ।

परम्परागत रुपमा गरिदै आएको चौंरी पालन पेशालाई ब्यबस्थित र आयआर्जन सित जोड्नका लागि समेत महोत्सव सफल हुने सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेल बताउनु हुन्छ । महोत्सव सफल पार्न गठित बिभिन्न उपसमितीले जिम्मेवारी बहन गरेको रहेको प्रबक्ता राई भन्नुहुन्छ । महोत्सवमा चौंरीबाट उत्पादित खाद्य बस्तु सामाग्री तथा चौंरी संग सम्बन्धित खेलहरुको समेत प्रर्दशनी गरिने सहआयोजक फालेलुङ कञ्चनजंघा पर्यापर्यटन संस्थाका अध्यक्ष डिल्लीप्रसाद केरुङ बताउनु हुन्छ ।

नयाँ बर्ष २०७६ को अवसर पारेर दुर्गम गाउँ फालेलुङ ४ चाररातेमा आयोजना भइरहेको सो महोत्सव सम्पन्न गर्नका भारत भुटान र चिनबाट समेत चौरी संग सम्बन्धित सरोकार राख्ने संघ संस्था तथा ब्यक्तिहरु फालेलुङ आइ पुगेको प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले बताउनु भयो । गत बर्ष स्थानिय संघ संस्थाले आयोजना गरेको सो महोत्सव यस पटक देखि गाउँपालिकाले आप्mनो पालिकाको कार्यक्रमको रुपमा सालिन्दा आयोजना गरिने फालेलुङ गाउँपालिकाका अध्यक्ष सन्चकुमार केरुङ बताउनु हुन्छ ।

दुई दिने सो महोत्सवको उद्घाटन १ न प्रदेशका आर्थिक माकिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङबोले गर्नु हुदेछ । कार्यक्रममा बिभिन्न देशबाट आएका चौंरी बिज्ञ तथा जानकारहरुले चौंरीको बिषयमा कार्यपत्र प्रस्तुत गर्ने,कार्यक्रम स्थलमा दुइ सय देखि तीन सय चौंरी जम्मा गर्ने चौरीको दुधबाट बनेका परिकारको बिक्री तथा प्रदर्शनी समेत हुने संयोजक डिल्ली केरुङ बताउनु हुन्छ ।