२०७५ सालमा सरकारले गरेका कामको प्रतिफल आउँदै- प्रम

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा सम्बोधन शुरु गरेका छन ।

उनले सरकारकाे एक वर्षकाे उपलब्धि र भावि याेजनाका बारेमा सम्बाेधन गरेका हुन ।

प्रधानमन्त्रीले २० मिनेटको सम्बोधनका लागि करिब दुई हजार शब्दको लिखित मस्यौदा तयार गरेका हुन ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भएको सम्बोधनमा प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले सरकारलाई गर्ने प्रश्नको शैली बदल्न आग्रह गरेका छन्। उनले सरकारले यो वर्ष केही काम गरेन, किन? भन्ने प्रश्न गर्नुभन्दा पनि यो वर्ष सरकारले के के काम गर्‍यो? तुइन बिस्थापन गरेर कति फाइदा भयो? भनेर प्रश्न गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्रीले २०७५ सालमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको प्रतिफल आउन लागेको दाबी गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्यका लागि काम गरेको बताए। उनले मुलुकमा शान्ति स्थापनाका लागि पनि महत्त्वपूर्ण काम भएको बताए। छुट्टै मधेश राष्ट्रको वकालत गर्दै आएका सिके राउतलाई राजनीतिको मूल धारमा ल्याएको भन्दै अब भइरहेको हिंसालाई पनि छिट्टै अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीले अबको वर्ष विकासको हुने बताएका छन्। उनले त्यसका लागि सबै मिलेर अगाडि बढ्न आह्वान गरेका छन्।