करेन्ट लागेर ट्रक चालकको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भातेढिकुर स्थित मैत्री ईट्टा उद्योगमा मेसिनबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ बा ४ ख ६५३७ नम्बरको मिनि ट्र«कमा मेसिनबाट पानी तानी सफा गर्ने क्रममा मोटरमा बिद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका चालक ३२ वर्षीय दिपक पहरीको डा. ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरबाट पानी तानेर मिनी ट्रक धुने क्रममा करेन्ट लागेर मिनि ट्र«क चालक चौरीदेउराली गाउँपालिका ८ का ३२ वर्षीय पहरीको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।