पर्यटकिय स्थल चिनाउने ‘पर्यटन सूचना केन्द्र’

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा आउने पर्यटकलाई अन्य बिभिन्न पर्यटकीय स्थलहरु समेत पु¥याउने उदेश्यले पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो नगरपालिका तथा अन्य पर्यटकीय स्थलहरुसम्म पु¥याउन हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारमा पर्यटन सूचना केन्द्र स्थापना गरेको हो ।

उक्त पर्यटन सूचना केन्द्रबाट दिक्तेलबजार आसपासमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु लगायत समग्र पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराईने सूचना केन्द्रका संयोजक अनिल जोशीले बताउनुभयो । हलेसीबाट तुवाचुङ–जायजुम हुँदै महुरेको आँखापोखरी, महुरेगढी, बुइपाबजार, रुपाकोटडाँडा, दिक्तेलबजार, मझुवागढी, भुलभुले, साप्सुढाप, बगेर भञ्ज्याङ आदिको बारेमा समेत सूचना केन्द्रबाट जानकारी गराईने संयोजक जोशीको भनाई छ ।

सूचना केन्द्रबाट मुन्दुमी ट्«ेल अन्र्तगतका मयुम, साल्पा, सिलिचुङ तथा बराहपोखरी लगायतका स्थलको बारेमा समेत जानकारी गराउँदै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने नगरपालिकाका मेयर दिपनारायण रिजालले जनाउनुभयो ।

शुक्रबार सम्पन्न सूचना केन्द्र उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, हिरा गुरुङ, खोटाङका पूर्ब सांसद पाँचकर्ण राई (पीके), दुर्गाजयन्ती राई, प्रदेश सभा सदस्य राजन राई, उषकला राई लगायतको उपस्थिती थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी तथा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।