एक वर्षमा ९ सय ५० अपराध

0
Shares

हेटौंडा ।
मकवानपुरमा २०७५ भर विभिन्न प्रकारका अपराधका नौं सय ५० वटा मुद्धा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत वर्ष वैशाखदेखि शनिबारसम्मको तथ्यांकअनुसार सबभन्दा बढी सार्वजनिक अपराध भएका छन् भने दोस्रोमा लागुऔषध छ । सार्वजनिक अपराधअन्तर्गत् अटो÷मयुरी चालकले मापसे गरी सवारी चलाएको र अभद्र व्यवहार गरेकोलगायत मुद्धा बढी रहेको प्रहरी भनाइ छ ।

एक वर्षमा सार्वजनिक मुद्धामा तीन सय ८१, लागुऔषधमा एक सय ५५, ज्यान मार्ने उद्योगमा सात, चोरीसम्बन्धि ३१, जुवासम्बन्धि १३, कालोबजारमा पाँच मुद्धा दर्ता भएका छन् । कुटपिट अंगभंगमा चार, हातहतियार तथा खरखजनामा १३, विस्फोटक पदार्थमा ६ र ठगीसम्बन्धि तीन मुद्धा छन् ।

जबर्जस्ती करणीमा २२ वटा मुद्धा, जबर्जस्ती करणी उद्योगमा १०, वहुविवाह ११, कर्तव्यज्यानमा १०, सवारी ज्यानमा ४६, झुण्डी मृत्युमा ६०, विषसेवन मृत्युमा ५१, फुटकर ज्यान मृत्युमा ४४, भवितव्य ज्यान मृत्युमा ६३ र अन्य गरी नांै सय ५० मुद्धा दर्ता भएका हुन् । तथ्यांक हेर्ने हो भने अझ पनि मकवानपुरमा लागुऔषध, जबर्जस्तीकरणी र वहुविवाहले जरो गाडिरहेको पाइन्छ ।