नयाँ वर्षमा पहिलो सडक खाना महोत्सव शुरु

0
Shares

पर्वत ।
नयाँ वर्ष २०७६ को अवसर पारेर पर्वतको कुस्मामा प्रथम सडक खाना महोत्सव शुरु भएको छ ।
अग्ला पुलहरुको शहर कुस्माबजारलाई नयाँ बर्षमा आन्तरिक पर्यटकको नयाँ गन्तब्य बनाउने उद्देश्य सहित तीन दिने महोत्सब शुरु भएको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्न आयोजित महोत्सबको शनिबार कुस्माबजारमा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री बिकास लम्सालले उद्घाटन गर्नुभयो ।

महोत्सब उद्घाटन गर्दै मन्त्री लम्सालले गण्डकी प्रदेशमा यस बर्ष १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य सहित आन्तरिक भ्रमण बर्ष मनाइरुहेको बताउनुभएको छ ।‘गण्डकी प्रदेशमा १५ लाख पर्यटक ल्याउने उद्देश्य सहित यस बर्ष आन्तरिक भ्रमण बर्ष मनाईरहेका छौ’ उहाँले भन्नुभयो ‘आगामी बर्ष केन्द्र सरकारले मनाउने नेपाल भ्रमण बर्षका लागि प्रदेशको आन्तरिक भ्रमण बर्षले ठुलो सहयोग पु¥याउने छ ।’
गण्डकी प्रदेश पर्यटनको राजधानी समेत भएका कारण प्रदेश सरकारले ग्रामिण क्षेत्र सम्म पर्यटनका पुर्बाधार बनाउने र पर्यटकीय स्थलहरुको प्रर्बद्धनका लागि काम गरिरहेको मन्त्री लम्सालले बताउनुभयो । यस बर्ष मात्रै एक सय पर्यटकीय गन्तब्य बनाइएको र ३ सय ग्रामिण होमस्टेहरुका लागि ३० करोड अनुदान दिएर ग्रामिण पर्यटन पर्यद्धनको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

‘सन २०२१ देखि पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा नियमित रुपमा उडान शुरु भएपछि गण्डकी प्रदेशमा आउने पर्यटकका लागि आवश्यक सडक, होटल, नयाँ पर्यटकीय गन्तब्यको बिकासका प्रदेश सरकार दिनमा १८ घण्टा काम गरिरहेका छ’ उहाँले भन्नुभयो ‘पोखरामा आउने पर्यटकलाई प्रदेशका ग्रामिण क्षेत्र सम्म पु¥याउन सक्दा पर्यटनबाटै प्रदेशले समृद्धि हासिल गर्छ’ वनमा समेत ब्याबसायिक रुपमा रुपमा पर्यटन प्रर्बद्धन र हण्टिङ्ग टुरिज्म बिकास गर्न आवश्यक पर्ने ऐनहरु संशोधनका लागि गृहकार्य भैरहेको उहाँको भनाई छ ।

पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि अल्ट्रालाईट, प्याराग्लाइडिङ्गहरुलाई बलेवा बिमानस्थलबाट सञ्चालन गर्ने योजना प्रदेश सरकारले बनाएको मन्त्री लम्सालले जानकारी दिनुभयो । कुस्मालाई पोखरापछि पर्यटनको इपिसेन्टर मानेर यस क्षेत्रमा पुर्बाधार निर्माणमा सरकार जुटेको पनि दोहो¥याउनुभयो ।

नयाँ बर्ष मनाउन पदयात्रामा जाने, पोखरा र फेवा किनारमा मनाउन जाने साविकका पर्वत,बागलुङ्ग तथा म्याग्दी र कास्की र स्याङ्गजाका आन्तरिक पर्यटकलाई लक्षित गरेर महोत्सब आयोजना भएकोले महोत्सब सफल हुने आयोजक पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले बताउनुभयो । पहिलो पटक आयोजना गरिएको महोत्सबमा कम्तीमा पनि ३० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेका छन । महोत्सबमा निशुल्क स्टल र निशुल्क प्रबेशको ब्यबस्था छ भने महोत्सब अबधिभर पर्वतका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने ब्यबस्था मिलाइएको छ । मम खाने प्रतियोगिता तथा जलेवी दौड प्रतियोगिता समेत आयोजना गरिएको छ ।