मुलुक प्रतिको निष्ठा र आस्थामा अडिग छौँः पुर्वराजा ज्ञानेन्द्र

0
Shares

काठमाडौँ ।
पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुकप्रति आफ्नो आस्था र निष्ठामा अडिग रकेको बताउनुभएको छ । भोली बाट शुरु हुने नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा शुभकामना दिनुहदै उहाले सो धारणा व्यक्त गर्नुभएको हो । ‘अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पूग्दैन, जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौ । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने यस्तो नाजूक अवस्था अझै कति रही रहने र स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ–पुर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मूलूक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सूहाउदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै विश्वास रही आएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हूनू र एक्यबद्ध भएर अघि बढ्नूको विकल्प छैन । राष्ट्रिय अखण्डताता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको आफु रहेको उल्लेख गर्नुभएको छ ।