प्रदेश–१ मा पत्रकार महासंघ भवनको शिलान्यास

0
Shares

सरोज यादव, विराटनगर ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको भवन शनिबार शिलन्यास गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त भवनको शिलन्यास गर्नुभएको हो ।

विराटनगर–५ गणेश चौकमा बन्ने भवनका लागि महानगरपालिकाले १ कठ्ठा जग्गा उपलब्ध गराएको छ । प्रदेश सरकारले भवन निर्माण गरिदिने घोषणा यसअघि नै गरिसकेको थिया ।

भवनका लागि यो वर्ष ४० लाख बजेट विनियोजन गरेको छ । १ हजार ८ सय वर्गफुटमा बन्ने भवन ३ तल्ले हुने महासंघका प्रदेश १ का अध्यक्ष बिक्रम निरौलाले जानकारी दिनुभयो । भवनको पहिलो तल्लामा व्यवसायिक योजनासहित सटर र लाईब्रेरी रहने, दोस्रो तलमा कार्यालय र बैठक कक्ष रहने र तेस्रो तलामा ३ सय जना अटाउने सभाहल हुने महासचिन विवेक गौतमको भनाइ छ ।

उक्त भवन आगामी आर्थिक वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।