नमूना विद्यालयलाई प्रदेश सरकारबाट नमूना बजेट


सीताराम चौधरी, कपिलवस्तु ।
नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको ४४औ वार्षिकोत्सव तथा २०औ अभिभावक दिवससहित वार्षिक परीक्षाफल प्रकाशन भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका बीच विविध सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०३१ सालमा प्राथमिक तहको मान्यता पाएको विद्यालयले २०५२ सालमा माध्यमिक र २०५५ मा कक्षा १२ सम्मको अध्यापन अनुमति पाएको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो ।

विद्यालयमा व्यावसायिक शिक्षा अन्तर्गत कृषि पशु विज्ञान र अग्रेजी माध्यमका कक्षाहरु.संचालनमा रहेको प्रअ पोख्रेरलले बताउनुभयो । प्रअ पोख्रेलले विभिन्न विदामा करीव २४ सय जना विद्याथीले विद्यालयमा अध्ययन गरिरहेको वताउनुभयो । विद्यालयले विज्ञान विषयको अनुमति लिएकाले कक्षा संचालन गर्ने सोंचका साथ अघि बढेको पोख्रेलले जनाउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले विद्यालयले गरेका कामको प्रशंसा गर्नुभयो । यस वर्ष विद्यालयको ब्लक निर्माणमा १५ लाख विनियोजन गरेको वताउँदै आगामी दिनमा समेत विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सांसद शाहले प्राविधिक शिक्षा मार्फत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षा दिनुपर्नेमा समेत जोड दिनुभएको थियो ।

यता प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले विद्यालयमा आपूm तत्कालिन व्यवस्थापन समिति अध्यक्ष पदमा रहँदा विद्यालयको भौतिक अवस्था सुधारका कामहरु भएको उल्लेख गर्नुभयो । विद्यार्थीको चाप धेरै हुने विद्यालयमा भौतिक संरचना कम पर्न गएकोले आपूmले भवन निर्माणका लागि सहयोग गरेका बताउनुभयो । विद्यालयले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै गएको, प्राविधिक र आधुनिक शिक्षा विद्यार्थीलाई प्रदान गर्दा विद्यार्थीको रोजाईमा विद्यालय परेको संसद के.सी.ले बताउनुभयो । आफ्नो परिवारबाट पनि विद्यालयमा अक्षय कोषको स्थापना गरी गरीब, जेहेन्दार विद्यार्थीलाई हरेक बर्ष छात्रबृत्ति प्रदान गर्दै आएको के.सी.ले उल्लेख गर्नुभयो । नमूना विद्यालयको लागि प्रदेश सरकारले नमूना बजेट समेत प्रदान गरेको र आगामी बर्षमा अन्य संरचनाका लागि अझै आपूmले पहल गर्ने सांसद के.सी.ले बताउनुभयो ।
विद्यालयले शिक्षाको गुणस्तरीतामा अझ विशेष ध्यान दिँदै शिक्षण सिकाइ गर्नुपर्ने शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नमूना बनेको विद्यालयमा नमूना बजेटबाट नै धेरै संरचना बन्ने र नगरपालिकाले पनि विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सहयोग गर्ने अधिकारीले बताउनुभयो ।
नगरपालिकाले विद्यालय सुधार गुरु योजना २०७५—०७९ कार्यपालिकाले स्वीकृत गरेकोले यस विद्यालयको प्रगतिका लागि नगरपालिकाबाट सक्दो सहयोग उपलब्ध हुने नगर प्रमुख अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष बालाराम बुढाले विद्यालयलाई नमूना बनाउन हरेक क्षेत्रबाट विभिन्न व्यक्तित्वहरुको अहम भूमिका रहेको बताउनुभयो । आागाम दिनमा उनले विद्यालयको अग्रगामी विकासका लागि सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।