नेपाल महिला चेम्बरद्वारा मेला तथा स्वास्थ्य शिविरको आयोजना


काठमाडौं,
नेपाल महिला चेम्बरले मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिला चेम्बरले नयाँ बर्षको अवसर पारेर शुक्रबार मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

नक्साल स्थित स्टार भेन्यूमा आयोजित मेला तथा स्वास्थ्य शिविरमा उधयोगी, ब्यवसायी, सर्वसाधारण आदीको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा महिला उधेमीबाट उत्पादित हस्तकलाका सामाग्री, मेकअप सामाग्री, लत्ता कपडा तथा खाध्य सामाग्रीहरु बिक्रीका लागि राखिएको थियो ।

त्यसैगरि नेपाल महिला चेम्बरले स्व. ईश्वरलाल श्रेष्ठ प्रतिस्ठान, नेपाल क्यान्सर हस्पिटल र निदान हस्पिटलसँगको सहकार्य माझ स्तन क्यान्सर तथा मुटु परिक्षण सम्बन्धी शिविर आयोजना गरेको छ । शिविरमा निशुल्क रुपमा होल बडि चेकअप, ब्लड टेस्ट, इसिजी, स्तन क्यासर चेकअप गरिएको थियो । यसै माझ महिला चेम्बरले एक अौपचारिक कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रम माझ राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अन्जना ताम्राकारलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रसम्शा पत्र प्रदान गरि सम्मान गरेका थिए ।

सोही अवसर माझ अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरद्वारा प्रकाशित नयाँ बर्ष २०७६ सालको पात्रोको अनावरण समेत गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरले स्थापनाको छोटो समयमा महत्वपूर्ण कार्यक्रम गतिविधीको आयोजना गर्दै महिलाहरुको आर्थिक सशक्तिकरणका निम्ती महत्वपूर्ण योगदान पुर्याउदै आएको स्मरण गरेका थिए ।

त्यसैगरि, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुले अवसर पाएको खण्डमा जस्तासुकै कठिन चुनौतीको सामना गर्न सक्ने बताउदै उनीहरुको क्षमतालाई प्रस्तुत गर्ने वातावरण तयार पार्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने र महिला चेम्बर महिलालाई आत्मनिर्भर र सक्षम बनाउने दिशामा कटिबद्ध भई लाग्दै आएको बताएकी थिईन ।