पोकली भर्ना सेवा समाजका अध्यक्ष विष्ट पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
पोकली भर्ना सेवा समाजका अध्यक्ष मिलन भन्ने होम बहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले संस्थाको नाममा धेरै ठाउँमा ठगी गरेको र पटक पटक खातामा पैसा नै नभई चेक काट्ने र ठग्ने गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।