यस्तो हुन्छ रेड लाइट एरिया (भिडियो र फोटो फिचर)

0
Shares

काठमाडौं । एसियाको सबैभन्दा बढी यौनधन्दा हुने देश भारतलाई मानिन्छ । त्यसो त एसियाकै सबैभन्दा ठूलो रेड लाइट एरिया नै भारतमा छ । नेपालबाट समेत बेचिएका कयौं चेलीहरु ति स्थानमा आफ्नो शरीर दान गर्दै आएका छन् ।

भारतमा यौनधन्दा र गरिवीको रेखामा रहेका लाखौँ नागरिकहरु ति स्थानहरुमा बिबश भएर आफ्नो शरीर बेचिरहेका छन् । भारतमा लाखौँको संख्यामा यौनकर्मी रहेको दावी गरिन्छ रेडलाइट तोकिएकै क्षेत्रमा समेत लाख भन्दा बढीले यो पेसा गर्छन । ति क्षेत्र बाहेक पनि इलिगल रुपमा धेरै सहरहरुमा यौन ब्यापार हुने गरेको छ  ।

कोलकत्ताको सोनागाछी

कोलकत्ताको सोनागाछीमा रहेको रेड लाइट एरियालाई एशियाकै सबै भन्दा ठूलो रेड लाइट एरिया मानिन्छ । यहाँ करिव १४ हजार यौनकर्मीहरु काम गर्छन ।

मुम्बईको कमाठीपुरा

यौनधन्दा आफैमा गैरकानूनी हो तर भारतमा लाखौँ यौनकर्मी छन् । मुम्बईको कमाठीपुरामा सबैभन्दा पुरानो र एशियाकै दोश्रो ठूलो रेड लाइट एरिया मान्ने गरिन्छ । १९९२ मा यहाँ काम गर्ने यौनकर्मीहरुको संख्या करीब ५० हजार थियो ।

पुणेको बुधवार पेठ

अनुमानित आंकडा अनुसार, यो ठाउँमा करीब ५ हजार यौनकर्मी काम गर्छन । यो ठाउँमा भारतमै ठूलो र महँगो गणेशको मुर्ति दगादुशेठ हलवाई गणपति टेम्पल छ । २०१५ को एक समाचार बमोजिम यहाँ करीब ४४० कोठामा ५ हजार यौनकर्मीहरुले दिनरात काम गर्छन ।

दिल्लीको जीबी रोड

सेन्ट्रल दिल्लीमा रहेको यो रेड लाइट एरिया पनि निकै चर्चित रेड लाइट क्षेत्र मान्ने गरिन्छ । जीबी रोडमा धेरै शंख्यामा हार्डवेयरको पसल छन् र तिनै पसलको माथि कोठाहरुमा यौनकर्मीहरुले आफ्नो काम गर्छन । अर्को प्रसंग के पनि छ भने यहाँ मासिक ६ लाख कन्डम खपत  हुन्छ  ।

वाराणसीको शिवदासपुर

वाराणसीमा रहेको यो क्षेत्रमा पहिले निकै धेरैको संख्यामा यौनकर्मी रहन्थे तर अहिले अलि कम संख्यामा यौनकर्मी छन् । एक रिपोर्टको अनुसार केहि बर्ष अघि सरकारको प्रयासमा शिवदासपुर फर्स्ट ‘चाइल्ड प्रोस्टीट्यूशन फ्री’ एरिया बनाएको थियो ।

नागपुरको इतवारी

नागपुरको इतवारी क्षेत्रमा रहेको रेड लाइट एरियालाई गंगा-जमुनाको नाममा चिनिन्छ । केहि रिपोर्ट्समा यसलाई बढ्दो आपराधिक क्रियाकलाप हुने क्षेत्र मानिन्छ, साथै यहाँ स्मगलिंगको काम पनि हुन्छ । १०० बर्ष पुरानो यस रेडलाइट क्षेत्रमा अहिले करिव ३ हजार यौनकर्मीले काम गर्छन ।

नेपालमा पनि चर्चा
केही समय पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका थिए । उनको त्यो विचारले निकै हंगामा मच्चाएको थियो । होटल संघ नेपालले पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका थिए ।

उनले यौनकर्मीलाई परिचय पत्र दिएर कर उठाउने व्यवस्था गनुपर्ने बताएका थिए । उनले यो व्यवसायलाई रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भनेका थिए, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’

लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको दाबी थियो । परिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि संकलन गर्न सकिने उनको भनाई थियो । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझैं फस्टिने मौका पाउँछ,’ उनले भनेका थिए, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’ परिचयपत्रको व्यवस्था भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट बेहोर्नु नपर्ने उनले उल्लेख गरेका थिए ।

उनले भनेका थिए, ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दुःख दिइरहन पर्दैन ।’ विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग उनले सुनाएका थिए ।

‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उनले भनेका थिए, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’ कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आसय थियो । यौन व्यवसायलाई व्यवस्थित गर्न खुला दिलले छलफल गर्नुपर्ने बेला आएको उनले उल्लेख गरेका थिए ।

हेर्नुहोस युटुबमा भेटिएको रेडलाइट एरियाको एउटा भिडियो

https://youtu.be/ehQiBbUOVWw