के हो टिक टक ? यसले के–के सम्म ग-यो ? (भिडियो)

0
Shares

काठमाडौं । लोकप्रिय भिडियो शेयारिंग एप टिक टक गुगल र एप्पलको एप स्टोरबाट १ अर्ब भन्दा बढी पटक इन्स्टल गरिएको लोकप्रिय एप हो ।

विज्ञान प्रविधिको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जाल निकै लोकप्रिय बन्दै जानुमा युवा पुस्ताले रुचाउनुनै मूख्य कारण हो । अहिले सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ । युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका पनि सामाजिक सञ्जाल अपरिहार्य भएको छ । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरूसम्म पुर्‍याउन मात्र नभएर अपराधीदेखि सेलिब्रेटिसम्म सामाजिक सञ्जालले बनाएको छ । सामाजिक सञ्जालमा विवास्पद कुरा गरेकै भरमा हिट हुन खोज्ने पात्रहरू पनि कमी छैनन् ।

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक(टक’ लोकप्रिय बन्दै जानुमा १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिने भएर हो । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर–घरमै कलाकार भएको अनुभूति दिइरहेको छ ।

ठुलो पर्दामा गनिएका कलाकार पनि टिक–टकमा झुमेको देखिन्छ । कुनै गीत हिट भए नभएको सङ्केत पनि टिक(टकले दिन थालेको छ । जुन गीतको टिक टकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ आजभोली ।

खाना खाँदादेखि अफिसमा काम गर्दा समेत टिक टक बनाएको पाउँछौँ । त्यति मात्रै होइन कुनै मान्छेलाई आपत्ति पर्दा समेत टिक(टक बनाएको देखिन्छ । केटाकेटी, युवा युवती र बूढाबूढीले समेत टिक टक बनाउँछन् ।

टिक(टकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई धेरै फाइदा गरेको देखिन्छ । त्यसबाट आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त भएको छ ।

नेपाली सिने क्षेत्रबाट छलाङ्ग मार्दै नायिका एलिना बासकोटाले टिक(टककै कारणले साउथ इण्डियन मुभिमा पुगेकी हुन । टिक–टकमा केही समय अघि आफ्नो भिडियो राखेपछि साउथ इण्डियन मुभिका कोरियोग्राफरले प्रभावित भएर फिल्ममा आइटम डान्सको प्रस्ताव गरेको खबर आएको थियो । आफूले पनि उक्त प्रस्ताव स्वीकार गर्दै साउथ इण्डियन फिल्मको यात्रामा आफ्नो पाइला अघि सारेको नायिका एलिनाले बताएकी थिइन ।

त्यस्तै टिक टकबाटै भाइरल भएकी रेश्मा घिमिरे पनि नेपाल म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नेपाली चलचित्र जगतका अभिनेता असीफ शाहसँग “इस्टा को फोटो” बोलको गीतमा अभिनय गरेकी छिन् ।

प्रियंका सिंह ठकुरी पनि टिक(टकले नै नायिका बनेकी छिन् । टिक(टकमा गरेको अभिनय हेरेरै निर्देशक सुवास कोइरालाले उनलाई फिल्म क्षेत्रमा प्रवेश गराएका हुन् । प्रियंकाले नेपाली चलचित्र ‘गरुड पुराण’ अभिनय गर्ने मैका पाएकी छिन् ।

यता गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ । टिक(टकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिक(टकमा सानो उमेरका बालबालीका तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

टिक(टक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

बीबीसीका अनुसर सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिक(टकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिक(टकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिक(टकमाथिको प्रतिबन्ध हटाइएको थियो ।

केहि समय पहिले पाकिस्तानी क्रिकेटर यासिर शाह टिक टक एप्सका कारण आलोचित बनेका थिए । टिक टकमा हिन्दि बलिउड गीतमा भिडियो बनाएसंगै यासिरले आलोचना खेप्नु परेको थियो ।

हिन्दी गीतमा टिक टक भिडियो बनाएपछि यासिर पाकिस्तानी क्रिकेट समर्थक र पाकिस्तान क्रिकेट बोर्डबाटै आलोचित भएका थिए ।

पछिल्लो समय सर्वाधिक चर्चा बटुल्न सफल भिडियो सेयरिङ एप टिक टकलाई अमेरिकामा भने करोडौँ जरिवाना गरिएको थियो ।

एजेन्सीहरुका अनुसार कम्पनीले १३ वर्षमुनिका बच्चाहरुसम्बन्धी तथ्य अवैधानिक रुपमा संकलन गरेको भन्दै अमेरिकाको संघीय वित्त आयोगले ६५ करोड जरिवाना तिराएको थियो।

अमेरिकामा जरिवानामा परेको म्युजिकल्ली गत अगष्टमा टिक टकमा मर्ज भएको थियो। भिडियो सेयरिंग एप सन् २०१७ मा बाइटिडान्स नामको कम्पनीसँग सम्बन्धित भएको थियो।

उक्त एप नेपालमा समेत उत्तिकै चर्चित छ भने विश्वमा यसका करोडौँ प्रयोगकर्ता रहेका छन्।

अमेरिकी वित्त आयोगले अहिलेसम्म संकलन गरेको बालबालिकाको तथ्यांक समेत डिलेट गर्न भनेको छ।

त्यस्तै अमेरिकामा अब यो एप खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणीकरण (भेरिफाई) गर्नुपर्नेछ। नेपालमा भने यस्तो कुनै व्यवस्था छैन । अमेरिकामा यो एपका ६५ मिलियन प्रयोगकर्ता रहेकामा धेरै न्यून उमेरसमूहका रहेका छन भने नेपालमा टिन एज र युवा बर्ग बढी प्रयाृगकर्ता रहेका छन।

युटुबमा भेटिएकाे केही टिक-टक जाेडिएर बनाएकाे भिडियाे हेर्नुहाेस

https://youtu.be/l48eMl4-dq8