निजी विद्यालयको शुल्क घटाउन माग गर्दै मन्त्रीलाई बुझाए ज्ञापनपत्र


नेपाल समाचारपत्र, काठमाडौं ।

भर्नाको नाममा निजी विद्यालयले मनपरी शुल्क अशुल्न थालेपछि सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी समक्ष ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले मन्त्री पोखरेललाई ८ बुदे ज्ञापनपत्र बुझाएका हुन ।

उनीहरुले मन्त्री समक्ष तत्काल सुमस्या समाधान गर्न आग्रह गरेका छन् । अनेरास्ववियुका अध्यक्ष नविना लामा, र क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेतले हिजो शुक्रबार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

दुई संगठनले निजी क्षेत्रबाट संचालित विद्यालयले मनोमानी ढंगले चर्को शुल्बबृद्धी गरेकोमा आपत्ती जनाउदै मन्त्रालाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीसंगठनका प्रतिनिधिलाई चर्को शुल्क लिने विद्यालयमाथी कारबाही गर्ने बताउनुभएको थियो ।

दुई विद्यार्थी संगठनले चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने, अनिवार्य र निशुल्क शिक्षा ऐनलाई कडाईका साथ पालना गर्नुपर्ने, एक पटक भर्ना गरेपछि पुन भर्नालिने व्यवस्था खारेज गर्नुपर्ने, विद्यालयभित्र पुस्तक स्टेशनरी, ड्रेस लगायतका समाग्री बेच्न रोक लगाउनुपर्ने, तत्काल २० प्रतिशत छात्रवृतिको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि ज्ञापनपत्र बुझाएका हुन ।

दुई संगठनले विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिब रुपमा कार्यान्वयनमा ल्याइनुपर्ने, गण्डकी मेडिकल कलेज लगायतका कलेजमा तोकिएको भन्दा बढी शुल्क लिनेमाथी कारबाही गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रको विषयमा सरकारले तत्काल कदम नचालेमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।