वनस्पति विभागले मनायो वार्षिक उत्सव, जुम्ला र कोशी नामक जडिबुटी जन्य अत्तर र पर्फयुम सार्वजनिक


नेपाल समाचारपत्र, काठमाडौं ।
वनस्पति विभागले ५९ औँ वार्षिकोत्सव तथा २० औँ वनस्पति दिवस मनाएको छ । विभागले वनस्पतिको उपयोग र व्यापार समृद्धिको आधार भन्ने नाराका साथ यस वर्ष उत्सव मनाएको हो ।

कार्यक्रममा वनस्पतिको संरक्षण, संबद्र्धन तथा सदुपयोगको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउनु हुने नेपाली व्यक्तित्व, समूह तथा संस्थालाई राष्ट्रिय वनस्पति पुरस्कार २०७५ बाट सम्मान गरिएको छ ।

विभागको स्वर्ण महोत्सव २०६६ सालमा स्थापित उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालय, वनस्पति शास्त्र केन्द्रीय विभागका प्रोफेस डाक्टर संगीता राजभण्डारीलाई प्रदान गरिएको छ । नेपालमा वानस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिनु भएको भन्दै उहाँले विभागले पुरस्कार प्रदान गरिएको हो ।

यस पुरस्कारबाट गएको वर्ष अर्का प्रोफेसर इमेरिटस डाक्टर रामप्रसाद चौधरी सम्मानित हुनु भएको थियो । वनस्पतिहरुको पहिचान, अन्वेषण, विकास, अध्ययन–अनुसन्धान र सदुपयोगको क्षेत्रमा विभागमा लामो अवधिसम्म काम गरेका कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा विभागको प्राकृतिक सम्पदा अनुसन्धानशालाका वैज्ञानिकहरुले नेपालका जडिबुटीहरुको प्रयोग गरी पफर््युम र अत्तरको फर्मूला विकास गरेका वनस्पति वैज्ञानिकहरु देवीप्रसाद भण्डारी, राजेश्वर रंजितकार र लक्ष्मण भण्डारीलाई समेत सम्मान गरेको छ ।

विभागले कार्यक्रममा उक्त फर्मूलालाई व्यवसायिक उत्पादनको लागि जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको छ । उक्त अत्तरले मूल्यअभिवृद्धिमा महत्वपूर्ण योगदान दिनेमा विश्वास गरिएको विभागका योजना अधिकृत संगिता स्वाँरले बताउनुभयो ।