चालकलाइ प्रदेश २ मा पहिलो पल्ट पोशाक वितरण


सुभेन्द्र दास, सिरहा।

सिरहाको लहानमा माँ सखडा यातायात प्रा लि प्रदेश २ को प्रधान कार्यालयद्धरा बुधबार सिरहाको लहानमा वीङ्गर चालक सहचालकहरुलाई दुर्घटनाबाट बच्च र बचाउन सचेत पार्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालकहरुलाई पोशाक वितरण गरेका छन ।

कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय लहानका डि एस पि राजेश थापाले भने चालकहरुको मात्र गल्ती हुदैन हाम्रो पनि गल्ती हुन्छ । स्वस्थ्य मनस्थिती रहियो भने हामी स्वच्छसंग गाडी चलाउन सक्छौ । हाम्रो सानो गल्तीले भौतिक र मानसिक क्षति हुन सक्छ त्यो नगरौ देर्घटनाको जोखिमबाट आफु पनि बचौ र अरुलाई बचाउ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्सपेक्टर मिलन बस्नेतले भने चालक भनेको जिम्मेवार व्यक्ति हो ।

चालकको जिम्मेवारी सुरक्षित साथ यात्रुहरुलाई गन्तव्य सम्म पुगाउने असल चालकको गुण हो । कार्याक्रममा प्रदेश २ का सबभन्दा पहिला ८० जना वीङ्गर चालकहरुलाई पोशाक वितरण गरेको छ । प्रशिक्षक मनोज कुमार चौधरीले भने सवारी चलाउदा धर्यता पुर्वक सवारी चलाई आफु पनि बचौ र अरुलाई पनि बचौ भने सन्देश दिएका थिए ।

चालक १८ वर्ष भन्दा माथिको हुनु पर्छ र चलकसंग सवारी अनुमति पत्र अनिवार्य रुपमा हुनु आवश्यक छ । बैशाख १ गते देखि सबै वीङ्गर चालकहरुलाई पोशाक अनिवार्य रुपमा हुनु पर्छ, नभए कारबाहिमा पर्ने वहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश २ का माँ सखडा यातायात प्रा लि का अध्यक्ष राम औतार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानए ।