सिमकोट विमानस्थलमै पहिलो पटक डिजिटल डिस्प्ले जडान

0
Shares

अर्जुन बोहरा, सिमकोट ।
सिमकोट गाउँपालिका द्धारा हुम्लामै पहिलो पटक विमानस्थलकै प्रतिक्षयालयमै डिजिटल डिस्प्पेले जडान गरेको छ । हुम्लाको वास्तविक भौगलिकरुपले सुचाना प्रचार प्रसार गर्नको लागि विधिवतरुपमा पहिलो पटक विद्युतीय तरङ्ग द्धारा डिजिटल डिस्प्पेले जडान गरिएको हो । सिमकोटको विमानस्थलमै यो प्रविधी जडानले विदेशी पाहुन पर्यटकीय लगायात महत्वपुर्ण मनरोजनको साधन बन्ने काम गरेको प्रति प्रंंसंशा गर्दे जिल्ला समन्वय समिति हुम्लाका सभापति दान बहादुर रावतले बताउनु भयो ।

सिमकोट गाउँपालिकाले यो डिजीटल प्रविधी जडान बाट आम्दानीको श्रोतरुपमा विकास गर्ने सकोस र भोलि दिनमा गाउँपालिका एउटा सानो विकास आयोजना निमाणृको लागि यो डिसपेलेले महत्वपुर्ण भुमिका खेल्न भएकोले यस लाई सुक्षा साथ दिनु पर्ने प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले बताउनु भयो ।

मानसरवर कैलाश दर्शन मार्ग र भौगलिक प्राकृतिक शौन्दर्यताको क्षेत्र भएकोले अवलोकन गर्नको लागि विदेशी पर्यटकीय लाई महत्वपूर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताएनु भयो । उहाँले भन्नु भयोे डिजीटल डिस्पेल जडानले हुम्लाको मौसमी अबस्था, भौगललिक स्थिती पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनको लागि गाउँपालिकाले जडान गएिको जानकारी दिनु भयो । हुम्लाकै सातवटै गाउँपालिका मध्ये नमुना गाउँपालिका बनाउने उद्देश्यअनुसार डिजिटल प्रविधिको प्रयोगलाई जोड दिएको गाउँपालिका अध्यक्ष पदम बहादुर दलामाले जानकारी जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका जनप्रनिधिहरुले आफ्नो गाउँपालिकालाई स्मार्ट भिलेज मोडलको रुपमा बिकास गर्ने लक्ष्यसहित सुचना प्रबिधि मैत्री गाउँपालिका बनाउन डिजिटल बोर्ड जडान गरिएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जील बताए । कार्यक्रमा गाउँपालिका उपाध्यक्ष वली रावत,सुरक्षा निकायका प्रमुख,स्थानीय पत्रकार विभिन्न कार्यलयका प्रमुखहरुको समते उपस्थिती रहेको जनाएको छ ।